११ असार २०८३, बिहीबार
,
Latest
तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलियाले ‘आरआरआर’पछि जुनियर एनटीआरसँग अर्को तेलुगू फिल्म गर्ने



अ+ अ-

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले चलचित्र ‘आरआरआर’बाट साउथमा डेब्यु गर्दैछिन् । फिल्ममा केमियो भूमिकामा काम गरेको आलिया यसबाट थप चर्चामा छिन् भने उनी फिल्मको प्रमोसनमा तातिएकी छन् । 

‘आरआरआर’मा काम गरेसँगै आलिया अब अन्य तेलुगू चलचित्रमा पनि काम गर्ने तयारीमा छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार आलियाले नयाँ तेलुगू चलचित्र साइन गरेकी छन् । चलचित्रमा नायकको रुपमा तेलुगू स्टार जुयिनर एनटीआरको मुख्य भूमिका रहनेछ । एनटीआर चलचित्र ‘आरआरआर’मा पनि मुख्य भूमिकामा छन् ।

नाम फाइनल भइ नसकेको सो चलचित्रलाई कोराटाला शिवाले निर्देशन गर्दैछन् । शिवाले जुनियर एनटीआरसँग सन् २०१६ मा ‘जनता ग्यारेज’ नामक हिट चलचित्र दिएका थिए ।