६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्समा आगलागी



अ+ अ-

विराटनगर । नेपालको पहिलो उद्योगमा विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्समा मंगलबार राति आगलागी भएको हो ।

जुट मिल्स २०७८ साल माघदेखि बन्द छ । आगलागीबाट २० लाख बराबरको क्षति भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको मोरङका प्रहरी नायव उपरीक्षक (एसपी) रञ्जनकुमार दाहालले बताए ।