४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

टिभी अभिनेता ऋतुराज सिंहको निधन

टिभी अभिनेता ऋतुराज सिंहको निधन
अ+ अ-

एजेन्सी । टिभी अभिनेता ऋतुराज सिंहको निधन भएको छ । उनले बनेगी अपनी बात. ज्योति, हिटलर दीदी, शपथ, वॉरियर हाई, आहट और अदालत, दिया और बाती हम जस्ता धेरै भारतीय टिभी कार्यक्रमहरूमा विभिन्न भूमिका निर्वाह गरेका थिए। ।

अभिनेताको आकस्मिक निधनको खबर सुनेर फ्यानहरु निकै स्तब्ध भएका छन् । हृदयघातका कारण अभिनेताको निधन भएको हो । यी दिन ऋतुराज सिंह लोकप्रिय टिभी शो ‘अनुपमा’ मा देखिएका थिए ।

अभिनेताको आकस्मिक निधनको खबर सुनेपछि टिभी उद्योगमा शोकको लहर छाएको छ । ऋतुराजले ‘ये रिश्ता क्या कहलाता है’ सहित अन्य धेरै लोकप्रिय टिभी शोहरूमा पनि काम गरिसकेका छन् । अभिनेताको व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा, ऋतुराज सिंहको पूरा नाम ऋतुराज सिंह चन्द्रवत सिसोदिया थियो । उनको जन्म राजस्थानको कोटामा सिसोदिया राजपूत परिवारमा भएको थियो ।

ऋतुराज सिंहले आफ्नो स्कुले शिक्षा दिल्लीमा लिएका थिए । सन् १९९३ मा मुम्बई आए र अभिनयलाई करियरको रुपमा रोजे । ऋतुराजले अहिलेसम्म एक खेल रजनीती, बद्रीनाथ की दुल्हनिया जस्ता धेरै हिन्दी फिल्महरूमा काम गरिसकेका छन् ।

अभिनेता सिंहको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि बुधबार बिहान ९ बजेदेखि उनको निवासमा राखिनेछ । अन्तिम संस्कार पनि बुधबार बिहान १०ः३० बजे मुम्बईको ओशिवरा हिन्दु श्मशान स्थलमा गरिने छ ।