काठमाडौं । बेलायत र दक्षिण अफ्रिकाका लागि नेपालका नव नियुक्त राजदुतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले शपथ लिएका हुन्। सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।