५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु काँग्रेसको प्रमुख नीति हो: उपसभापति खड्का



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली काँग्रेसको प्रमुख नीति हुने बताउनुभएको छ ।

मंगलवार पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिवद्धता प्रश्तुत गर्दै उपसभापति खड्काले देशमा देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्नु नेपाली काँग्रेसको प्रमुख नीति भएको बताउनुभएको हो ।

उहाँले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली काँग्रेसले मुल नीतिको रुपमा स्वीकार गर्ने बताउनु भयो । उहाँले समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको बताउनु भयो ।

उहाँले काँग्रेसले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र संकल्प गर्ने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको भन्दै सो कदम सुखद् र आशालाग्दो संकेत भएको उल्ल्ेख गर्नुभयो । उपसभापति खड्काले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेस संविधानलाई गतिशिल दस्तावेजको रुपमा हृदयङ्गम गर्दछ । संविधानको आधारभुत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधनप्रति नेपाली काँग्रेस खुला छ । संविधान लागु भए यताका हाम्रा आफ्नै अनुभव तथा पार्टी पंक्तिबाट आएका सुझावहरु समेतको आधारमा संविधान संशोधनको आवश्यक नेतृत्व नेपाली काँग्रेस आफैँले लिनेछ । आगामी दिनमा सम्पूर्ण पक्षसँग छलफल गर्दै संविधानलाई थप समृद्ध र थप सर्वस्वीकार्य बनाउन नेपाली काँग्रेस सम्पूर्ण नागरिक तथा राजनीतिक शक्तिलाई एकै स्थानमा ल्याएर छलफल, अन्तरक्रिया तथा विमर्शमार्फत समाधान खोज्ने प्रतिवद्धता व्यक्त गर्दछ । सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो । नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो । समुन्नति, सुशासन स्थापना, र भ्रष्टाचार नियन्त्रण एक अर्काका पुरक हुन् । यो नै लोकतन्त्रको, समृद्धिको आधार पनि हो ।’

‘नेपाली काँग्रेस भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र संकल्प गर्दछ । नेपाली कांग्रेस सम्मिलित वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको छ । यो हाम्रा लागि सुखद् र आशालाग्दो संकेत हो । तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता छ । यसकाप्रति नेपाली काँगेस आफ्ना प्रतिवद्धता दोहोर्‍याउन चाहन्छ । देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्न नेपाली कांग्रेसको प्रमुख निति मध्येको प्रमुख निति हो हुनेछ । सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली काँग्रेस मुल नीतिको रुपमा स्वीकार गर्दछ । सामुहिकता, सुकर्म र आत्मअनुशासनलाई सुशासनको आधार मान्दै यसको जगमा उभिएर भ्रष्टाचार नियन्त्रण गर्ने नीति तथा कार्यक्रम तय गर्ने अभिभारा नेपाली काँग्रेसले पूरा गर्नेछ । यो अभियानलाई अगाडी बढाउनेछ ।’

उहाँले संविधानको आधारभुत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधन गर्न नेपाली काँग्रेस खुला रहेको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधनको आवश्यक नेतृत्व पनि नेपाली काँग्रेस आफैँले लिने बताउनु भयो ।




भर्खरै