२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महासमिति बैठकमा उपसभापति खड्काले पेश गरे नीति प्रस्ताव (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा नीति प्रस्ताव पेश गरेका छन् ।

मंगलबार बिहान ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा खड्काले ६५ पृष्ठ लामो नीति प्रस्ताव पेश गरेका हुन् ।

खड्काले देश र लोकतान्त्रिक शासन व्यवस्थामाथि संकट आइपरेको बेलामा पार्टीले जिम्मेवार र बुद्धिमतापूर्ण भूमिका निर्वाह गर्दै र परिस्थितिलाई सम्हाल्दै आएको बताएका छन् । ‘जब जब देशमा संकट देखा पर्दछ, लोकतन्त्रमाथि आक्रमण हुन्छ, नागरिकको हक अधिकार खोस्ने दुस्साहस हुन्छ, त्यस परिस्थितिमा नेपाली कांग्रेस त्यस्तो राजनीतिक दल हो, जसले परिस्थितिलाई गम्भीरतापूर्वक लिएर अगाडि बढेको इतिहास छ ।’, प्रस्तावमा भनिएको छ, ‘देशको सार्वभौमसत्ता, लोकतन्त्र तथा नागरिक हक अधिकारमाथि कुनै पनि शक्ति तथा निकायबाट हुने अतिक्रमण तथा हननका विरुद्ध नेपाली कांग्रेस आफ्नो स्थापना कालदेखि हालसम्म सतिसाल झैँ उभिएको छ ।’

उनले बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, आवधिक निर्वाचन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सूचनाको हक, स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा निजी सम्पत्तिको संरक्षणको सवालमा नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।

खड्काले नीति प्रस्ताव पेश गरेसँगै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन् ।

महासमिति बैठमा खड्काले पेश गरेको नीति प्रस्तावको पूर्णपाठ:

purnabhadur khadka report