२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जमा लगाइएको कर्फ्यु ६ बजेदेखि १० बजेसम्म हट्यो



अ+ अ-

वीरगन्ज । पर्साको वीरगन्जमा आज बिहान ६ बजेदेखि १० बजेसम्म हटाइएको छ । हिंसा भड्कनसक्ने भन्दै हिजोदेखि लगाइएको कफ्र्यु आज चार घण्टाका लागि हटाइएको हो ।

रौतहटमा भएको झडपको विषयमा हिंसा भड्कन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुका ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि भन्दै वीरगन्ज महानगरपालिकाका केही भागमा कर्फ्यु लगाएको थियो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले हिजै अबेर सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन् । १० बजेपछि भने कर्फ्यु यथावत् रहने सूचनामा उल्लेख छ ।