२४ असार २०८३, बुधबार
,
Latest
‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति काेशी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित दुई विधेयक दफावार छलफलका लागि स्वीकृत प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने:‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’ मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नगर्नु राज्यतर्फबाट भएको मानव अधिकार हननः लिली थापा वन अधिकृत यादव घुससहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछि हटे देउवा, चुनावमा गठबन्धन नगर्ने गगनको प्रस्तावमा सहमति !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने संकल्पसहितको प्रस्ताव महासमिति बैठकमा पेश गर्ने भएको छ ।

महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा कांग्रेसले एक्लै चुनाव लड्ने उल्लेख थियो । तर त्यसमा सभापति शेरबहादुर देउवाले असहमति जनाएपछि महासमिति बैठक नै उद्घाटन गरेपछि रोकिएको थियो ।

त्यसपछि सभापति देउवाको निवासमा बसेका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा राति अबेरसम्म भएको छलफलपछि थापाको प्रस्तावमा देउवा सहमत भएका हुन् । अब आज यो प्रस्ताव महासमिति बैठकमा पेश हुने छ ।

आज विहान ९ बजे सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।