४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

अस्पतालले उत्पादन गरेको फोहोर व्यवस्थापन अस्तव्यस्त, संक्रमणको सन्त्रास कायमै !

अस्पतालले उत्पादन गरेको फोहोर व्यवस्थापन अस्तव्यस्त, संक्रमणको सन्त्रास कायमै !
अ+ अ-

काठमाडौँ । स्रोतमा फोहोर छुट्टिन नसक्नु अस्पतालहरुको फोहोर व्यवस्थापनमा मुख्य चुनौती देखिएको छ । कुन फोहोर कुन रङ्ग भएको बाल्टिनमा हाल्ने हो, अस्पतालहरुले एउटै रङ्ग संकेत प्रयोग नगरेपछि विरामी र आफन्त झुक्किएर सामान्य फोहोर पनि संक्रमणयुक्त फोहोरको भाँडोमा राख्न सक्ने देखिएको छ । यसले सामान्य फोहोर पनि संक्रमित फोहोर बन्छ ।

छुट्टिएको फोहोर ढुवानी गरेर प्रशोधन तथा निर्मलीकरण गर्ने कक्षमा लैजाँदाको प्रक्रिया सुरक्षित छैन । निर्मलीकरणको प्रक्रियाबाट संक्रमणयुक्त फोहोर सामान्य भएको संकेतहरुको सही उपयोग देखिएन ।

माइती घर मण्डला नजिक रहेको अन्नपूर्ण न्युरो अस्पताल र बल्खुमा रहेको बयोधा अस्पतालले उत्पादन गरेको फोहोर व्यवस्थापन चक्रको अनुगमन गर्दा अभ्यासमा समान खालका त्रुटि भेटिएका छन् । प्रकृतिअनुसारको फोहोर राख्ने बाल्टिनको रङ्ग फरक हुनु नै पहिलो त्रुटि हो । स्रोतमा वर्गीकरण भए पनि फोहोर ढुवानी गर्ने कर्मचारीहरुलाई तालिम नभएका कारण सामान्य फोहोर र संक्रमणयुक्त फोहोर मिसिन सक्ने जोखिम छ ।

वयोधा अस्पतालमा फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी रङ्ग संकेत हेरेर फोहोर राख्ने क्रममा आफैँ झुक्किए । अनुगमन टोलीकै अगाडि संक्रमित फोहोर हरियो बाल्टिनमा राखे । यस्तै संक्रमणयुक्त फोहोर अटोक्लेभ गर्नु अघि खन्याएर वर्गीकरण गर्ने गरिरहेका थिए । यस्तो फोहोर अटोक्लेभ गरेर संक्रमणमुक्त बनाएपछि मात्र वर्गीकरण गर्न सकिन्छ । अटोक्लेभ गरिएको फोहोर चिन्नका लागि संकेत चिन्हको प्रयोग गर्नुपर्छ । यस्तो भएको पाइएन । फोहोर भण्डारण गर्ने कक्ष फरक ठाउँमा छ । यो राम्रो पक्ष हो । यति भइकन पनि संक्रमणयुक्त र सामान्य फोहोर एकै ठाउँ राख्दा, फरक प्रकृतिको फोहोर चिन्नका लागि कुनै संकेत चिन्ह प्रयोग नहुँदा सामान्य फोहोर पनि संक्रमणयुक्त हुने जोखिम देखियो । अस्पतालका हाउस किपिङ् सुपरभाइजर विनिता खड्का भन्नुहुन्छ, ‘हाम्रोमा दैनिक ४० देखि ४५ किलोग्राम फोहोर उत्पादन हुन्छ । यसमा १० देखि १५ किलोसम्म संक्रमित भएको फोहोर आउँछ । संक्रमित फोहोर अटोक्लेभ गरेर अस्पतालजन्य फोहोर संकलन गर्नेलाई दिन्छौँ । सामान्य फोहोर नगरपालिकाको गाडीमा राखेर पठाउँछौँ ।’ यसमा अन्य प्रकृतिका फोहोरको मात्राको छुट्टै अभिलेख राखिएको छैन ।

अन्नपूर्ण न्युरोमा पनि सबै बाल्टिनमा सबै खालको फोहोर भेटियो । संकलित फोहोर ढुवानीमा अवलम्बन गर्नु पर्ने सुरक्षा विधिमा कमजोरी देखियो । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार ३० किलोको मात्र अटोक्लेभ मेसिन छ । अटोक्लेभ मेसिन राख्ने ठाउँ अव्यवस्थित छ । फोहोर वर्गीकरण र भण्डारण कक्ष व्यवस्थित देखिएन । ठाउँ साँधुरो छ ।

अस्पतालका नर्सिङ् प्रमुख रञ्जु देवकोटाका अनुसार दैनिक करिब १५ किलो कुहिने फोहोर, १० केजी कागज, ११ किलो प्लाष्टिक, २ केजी क्यान बोतल उत्पादन हुन्छ । यस्तै करिब ७ किलो संक्रमित फोहोर उत्पादन हुन्छ । यसरी उत्पादन हुने फोहोरमध्ये सुइ डेढ किलो, पिस्टन ३ किलो, एम्पुल डेढ किलो, रवर क्याप २ किलो, एल्मुनियम फोयल ३ सय ग्राम र अल्मुनियम कभर २ सय ग्राम उत्पादन हुन्छ ।

वातावरण व्यवस्थापन विभागका उपनिर्देशक सानुमैयाँ महर्जनकाअनुसार, अस्पतालहरुको फार्मेसीबाट म्याद सकिएका औषधि कसरी व्यवस्थापन हुन्छ, शल्यक्रियाबाट उत्पादन भएको मानव अङ्गको व्यवस्थापन कसरी हुन्छ, प्रयोगशाला, शल्यक्रिया कक्षबाट उत्पादन भएको तरल फोहोरको व्यवस्थापन कसरी गरिन्छ जस्ता प्रश्नको उत्तर कमजोर छ ।

फोहोर व्यवस्थापनका लागि अस्पतालहरुमा संयन्त्र चाहिँ छ । यो सकारात्मक पक्ष हो । थालिएको प्रक्रिया तथा व्यवस्थालाई संस्थागत गर्दै व्यवस्थित बनाउन सकिन्छ । यसका लागि क्षमता विकास र सुधारका लागि प्रतिवद्धता र निगरानीको खाँचो छ ।