२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अस्पतालले उत्पादन गरेको फोहोर व्यवस्थापन अस्तव्यस्त, संक्रमणको सन्त्रास कायमै !

अस्पतालले उत्पादन गरेको फोहोर व्यवस्थापन अस्तव्यस्त, संक्रमणको सन्त्रास कायमै !
अ अ+ अ-

काठमाडौँ । स्रोतमा फोहोर छुट्टिन नसक्नु अस्पतालहरुको फोहोर व्यवस्थापनमा मुख्य चुनौती देखिएको छ । कुन फोहोर कुन रङ्ग भएको बाल्टिनमा हाल्ने हो, अस्पतालहरुले एउटै रङ्ग संकेत प्रयोग नगरेपछि विरामी र आफन्त झुक्किएर सामान्य फोहोर पनि संक्रमणयुक्त फोहोरको भाँडोमा राख्न सक्ने देखिएको छ । यसले सामान्य फोहोर पनि संक्रमित फोहोर बन्छ ।

छुट्टिएको फोहोर ढुवानी गरेर प्रशोधन तथा निर्मलीकरण गर्ने कक्षमा लैजाँदाको प्रक्रिया सुरक्षित छैन । निर्मलीकरणको प्रक्रियाबाट संक्रमणयुक्त फोहोर सामान्य भएको संकेतहरुको सही उपयोग देखिएन ।

माइती घर मण्डला नजिक रहेको अन्नपूर्ण न्युरो अस्पताल र बल्खुमा रहेको बयोधा अस्पतालले उत्पादन गरेको फोहोर व्यवस्थापन चक्रको अनुगमन गर्दा अभ्यासमा समान खालका त्रुटि भेटिएका छन् । प्रकृतिअनुसारको फोहोर राख्ने बाल्टिनको रङ्ग फरक हुनु नै पहिलो त्रुटि हो । स्रोतमा वर्गीकरण भए पनि फोहोर ढुवानी गर्ने कर्मचारीहरुलाई तालिम नभएका कारण सामान्य फोहोर र संक्रमणयुक्त फोहोर मिसिन सक्ने जोखिम छ ।

वयोधा अस्पतालमा फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी रङ्ग संकेत हेरेर फोहोर राख्ने क्रममा आफैँ झुक्किए । अनुगमन टोलीकै अगाडि संक्रमित फोहोर हरियो बाल्टिनमा राखे । यस्तै संक्रमणयुक्त फोहोर अटोक्लेभ गर्नु अघि खन्याएर वर्गीकरण गर्ने गरिरहेका थिए । यस्तो फोहोर अटोक्लेभ गरेर संक्रमणमुक्त बनाएपछि मात्र वर्गीकरण गर्न सकिन्छ । अटोक्लेभ गरिएको फोहोर चिन्नका लागि संकेत चिन्हको प्रयोग गर्नुपर्छ । यस्तो भएको पाइएन । फोहोर भण्डारण गर्ने कक्ष फरक ठाउँमा छ । यो राम्रो पक्ष हो । यति भइकन पनि संक्रमणयुक्त र सामान्य फोहोर एकै ठाउँ राख्दा, फरक प्रकृतिको फोहोर चिन्नका लागि कुनै संकेत चिन्ह प्रयोग नहुँदा सामान्य फोहोर पनि संक्रमणयुक्त हुने जोखिम देखियो । अस्पतालका हाउस किपिङ् सुपरभाइजर विनिता खड्का भन्नुहुन्छ, ‘हाम्रोमा दैनिक ४० देखि ४५ किलोग्राम फोहोर उत्पादन हुन्छ । यसमा १० देखि १५ किलोसम्म संक्रमित भएको फोहोर आउँछ । संक्रमित फोहोर अटोक्लेभ गरेर अस्पतालजन्य फोहोर संकलन गर्नेलाई दिन्छौँ । सामान्य फोहोर नगरपालिकाको गाडीमा राखेर पठाउँछौँ ।’ यसमा अन्य प्रकृतिका फोहोरको मात्राको छुट्टै अभिलेख राखिएको छैन ।

अन्नपूर्ण न्युरोमा पनि सबै बाल्टिनमा सबै खालको फोहोर भेटियो । संकलित फोहोर ढुवानीमा अवलम्बन गर्नु पर्ने सुरक्षा विधिमा कमजोरी देखियो । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार ३० किलोको मात्र अटोक्लेभ मेसिन छ । अटोक्लेभ मेसिन राख्ने ठाउँ अव्यवस्थित छ । फोहोर वर्गीकरण र भण्डारण कक्ष व्यवस्थित देखिएन । ठाउँ साँधुरो छ ।

अस्पतालका नर्सिङ् प्रमुख रञ्जु देवकोटाका अनुसार दैनिक करिब १५ किलो कुहिने फोहोर, १० केजी कागज, ११ किलो प्लाष्टिक, २ केजी क्यान बोतल उत्पादन हुन्छ । यस्तै करिब ७ किलो संक्रमित फोहोर उत्पादन हुन्छ । यसरी उत्पादन हुने फोहोरमध्ये सुइ डेढ किलो, पिस्टन ३ किलो, एम्पुल डेढ किलो, रवर क्याप २ किलो, एल्मुनियम फोयल ३ सय ग्राम र अल्मुनियम कभर २ सय ग्राम उत्पादन हुन्छ ।

वातावरण व्यवस्थापन विभागका उपनिर्देशक सानुमैयाँ महर्जनकाअनुसार, अस्पतालहरुको फार्मेसीबाट म्याद सकिएका औषधि कसरी व्यवस्थापन हुन्छ, शल्यक्रियाबाट उत्पादन भएको मानव अङ्गको व्यवस्थापन कसरी हुन्छ, प्रयोगशाला, शल्यक्रिया कक्षबाट उत्पादन भएको तरल फोहोरको व्यवस्थापन कसरी गरिन्छ जस्ता प्रश्नको उत्तर कमजोर छ ।

फोहोर व्यवस्थापनका लागि अस्पतालहरुमा संयन्त्र चाहिँ छ । यो सकारात्मक पक्ष हो । थालिएको प्रक्रिया तथा व्यवस्थालाई संस्थागत गर्दै व्यवस्थित बनाउन सकिन्छ । यसका लागि क्षमता विकास र सुधारका लागि प्रतिवद्धता र निगरानीको खाँचो छ ।