१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात



अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । 

शुक्रबार बिहान उनलाई नर्भिक अस्पताल पुऱ्याइएको बताइएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई पहिला वीर अस्पताल लगिएको थियो । उनको आकस्मिक अपरेसनको तयारी गरिएको चिकित्सकले बताएका छन् । 

नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको खबर आएको छ ।