५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावअघि गठबन्धन गर्न नहुने प्रतिवेदन सच्याउन गगनलाई देउवाको दबाब



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा अझै सहमति जुट्न सकेको छैन ।
महामन्त्री थापाले यसअघि केन्द्रीय समिति बैठकमा आगामी चुनावअघि गठबन्धन गर्न नहुने सुझावसहितको प्रतिवेदन पेस गरेका थिए । उक्त सुझावमा सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।

गठबन्धनबारे महामन्त्री थापाको उक्त प्रतिवेदन सच्चाउन देउवाले दबाब दिइरहेका छन् । तर उनी भने उक्त प्रतिवेदन नसच्चाई जस्ताको तस्तै महासमितिमा पेस गर्ने अडानमा छन् ।

सभापति देउवाले असहमति जनाएपछि महामन्त्री थापा र देउवाबिच शनिबार साँझ र आइतबार छलफल गरेका थिए । तर, गगनले आफू प्रतिवेदन सच्चाउन तयार नभएको जवाफ दिएपछि सहमति हुन सकेको थिएन । महामन्त्री थापा सोमबार बिहान फेरि देउवा निवास बूढानीलकण्ठमा छलफलका लागि पुगेका छन् ।

कांग्रेसको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता !स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता । भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ ।