१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

चलायमान हुन थाले बागलुङका घरबास

चलायमान हुन थाले बागलुङका घरबास
अ अ+ अ-

ढोरपाटन । पर्यटन याम सुरु भएसँगै बागलुङका घरबास (होम–स्टे) मा पर्यटक बढ्न थालेका छन् । दसैँ तिहारको समयमा भरिभराउ भएका घरबास जाडोयाम सुरु भएपछि पाहुना कम भएका थिए । माघ दोस्रो सातादेखि पुन: घरबासमा पर्यटक आउन थालेका हुन् । बागलुङमा आधिकारिक रुपमा दर्ता भएका २८ सामुदायिक तथा व्यक्तिगत घरबास छन् भने केही दर्ता विनानै सञ्चालनमा छन् । जिल्लाको बागलुङ नगरपालिका–१० भुकण्डेमा सबैभन्दा बढी घरबास भएको पाइन्छ ।

कुण्डेमा १५ वटा सामुदायिक घरबास रहेका छन् । काठेखोल, बरेङ, ढोरपाटन, लगायतका ठाउँमा पनि घरबास सञ्चालनमा छन् । पछिल्लो समय सबैभन्दा बढी चल्ने मध्येमा भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास र काठेखोला गाउँपालिका–३ बेलढुङ्गामा रहेको बेलढुङ्गा सामुदायिक घरबास पर्छन् । भकुण्डेबाट पूर्वदेखि पश्चिमसम्म अनगिन्ती हिमशृृङ्खलाको अवलोकनसँगै उच्च पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिने र बेलढुङ्गाबाट हिमालीसँगै पहाडी जिल्लाका धेरै ठाउँ देख्न सकिने हुँदा पर्यटक घुम्न आउने गर्छन् ।

पर्यटकीय क्षेत्र भएकै ठाउँमा घरबास सञ्चालनमा रहेको हुँदा पर्यटकलाई खान, बस्नको लागि सहज भएको छ भने स्थानीयवासीलाई आयआर्जनको माध्यम बनेको छ । बागलुङ नगरपालिका–१० भकुण्डेका घरबास सञ्चालक याम थापाले आन्तरिकसँगै बाह्य पर्यटक आउन थालेको बताउनुभयो । आन्तरिक पर्यटक एक दिन आउने र बास बसेर जाने गरेको भन्दै विदेशी पाहुना केही दिन बस्ने उहाँको भनाइ छ ।

भकुण्डेमा रहेको बराह ताल र भ्युटावरमा चढेर रमाउनका लागि प्रत्येक साता दुई दिन पर्यटकको बढी चहलपहल हुने थापाले बताउनुभयो । पर्यटक आउन थालेपछि घरबास संचालकहरुको आय आर्जनसमेत राम्रो बन्दै गएको उहाँ सुनाउनुहुन्छ ।

थापाका अनुसार महिनामा करिब पाँच सय पर्यटक घरबासमा बास बस्ने गरी आउने गरेका छन् । उहाँले भन्नुभयो– “अहिले पर्यटक आउन थालेका छन्, बर्खामा सुनसान जस्तै भएको थियो, दसैँ तिहारका बेला धेरै आए, जाडो भएर होला बीचमा निकै कम भएको थियो, विदेशी पर्यटक पनि आइरहेका छन्, अमेरिकन र कोरियन पर्यटक बढी आउँछन््, घरबासलाई व्यवस्थित बनाउँदै गएका छौँ, त्यसले गर्दा पनि मान्छेहरु एक रात भए पनि बस्नका लागि यहाँ आउनुहुन्छ, उहाँहरुलाई जति सक्दो सन्तुष्ट बनाएर पठाउने कोशिस गरिरहेका छौँ ।”

बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले घुम्न आउने पर्यटकको सङ्ख्या बढेपछि बास बस्न आउने पाहुना पनि विस्तारै बढ्न थालेको बताउनुभयो । बाह्रैमहिना नियमित पर्यटक नआउँदा घरबास सञ्चालनमा समस्या भएको सुनाउँदै पर्यटकीय याम सुरु भएपछि घरबासमा सबै पाहुना आउने उहाँको भनाइ छ । घरबासलाई पाहुनाको चाहना र माग अनुसार व्यवस्थित बनाएको सुनाउँदै धेरै जस्तो पर्यटकले बजारको जस्तो सुविधा खोज्ने गरेको श्रीस बताउनुहुन्छ ।

बेलढुङ्गामा महिनामा झण्डै एक हजार पाँच सय पर्यटक आउने भए पनि कम मात्रै घरबासमा आउने उहाँको भनाइ छ । “घरबास सञ्चालनमा नआउँदा धेरै पर्यटकलाई समस्या थियो, घुम्दाघुम्दै रात पर्‍यो भने बजार फर्किन समस्या हुन्थ्यो, गाउँका गोठमा बास बस्नुपर्ने स्थिति थियो, तर अहिले पर्यटकको त्यो समस्यालाई हामीहरुले समाधान गरेका छौँ” अध्यक्ष श्रीसले भन्नुभयो– “बेला–बेला बाहिरबाट पनि पर्यटकहरु आउँछन्, अपेक्षा अनुसार पाहुना आउन सकेका छैनन् तर समग्रमा अहिले आइराखेको सङ्ख्या राम्रो हो, पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्न पनि लागिपरेका छौँ, पछिपछि धेरै आउने अपेक्षा राखेका छौँ ।”

अतिथि सत्कार घरबास भकुण्डेकी उपाध्यक्ष इन्द्रा थापा हरेक हप्ता शुक्रबार र शनिबार पाहुनाले घरबास भरिभराउ हुने बताउनुभयो । अन्य समयमा पनि निरन्तर पर्यटक आइराखेको भन्दै यहाँका घरबास सञ्चालकले लगानीसमेत गरिरहेको उहाँको भनाइ छ । खासगरी बागलुङ बजारबाट धेरै पाहुना आउने हुँदा घरबास सञ्चालनमा समस्या नभएको थापा बताउनुहुन्छ । माघदेखि हालसम्म हजारौँ पाहुनालाई सेवा दिएको उहाँले बताउनुभयो ।

उपाध्यक्ष थापाले भन्नुभयो– “पाहुना आउन थालेपछि लगानी गरिरहेका छौँ, छुट्टै घर बनायौँ, अन्य व्यवस्थापन पनि गरिरहेका छौँ, धेरैले बजारको जस्तो सुविधा खोज्छन्, गाउँमा ठिकै खालको सुविधा छ, धेरैले नेट खोज्ने हुँदा नेटको पनि व्यवस्था मिलाएका छौँ, हामीहरुले स्थानीय उत्पादन कोदोको सेलरोटी, ढिँडो, सिन्कीको अचार, लोकल कुखुरा, कालो सुङ्गुरको मासु पाहुनालाई उपलब्ध गराउने गरेका छौँ, यहाँ ठूलो टिम आयो भने १५ वटा घरबास छन्, सबैलाई मिलाएर राख्छौँ, यहाँ आउने कोही पनि पाहुनाले बास नपाएर समस्यामा पर्ने अवस्था छैन ।” रासस