२ श्रावण २०८३, शनिबार
,
Latest
‘जहाँ अब स्टेथोस्कोप बोक्नेहरु हुनेछन्’ मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दंगल गर्ल’ सुहानीको १९ वर्षकै उमेरमा निधन



अ+ अ-

एजेन्सी । आमिर खानको फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ ।

सुहानीलाई डर्मेटोमायोसाइटिस (मांशपेशीमा सूजन हुने दुर्लभ रोग)को निदान गरिएको थियो, जुन घातक छ । गत मंगलबार उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो ।

यो दुर्लभ रोगको उपचारका लागि चिकित्सकहरूले सुहानीलाई स्टेरोइड दिन थालेपछि सुहानीको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्यो । शरीरमा इन्फेक्सन भयो र त्यसपछि पानी भरिन थाल्यो ।

आईसीयूमा भर्ना हुँदासम्म उनको फोक्सो बिग्रिएको थियो । अक्सिजनको मात्रा पनि निकै कम भयो । उनलाई भेन्टिलेटरमा राखियो तर अक्सिजनको मात्रा बढेन ।

यही प्रतिक्रियाका कारण शुक्रबार साँझ दिल्लीको एम्समा उनको निधन भएको हो । शनिबार सुहानीको फरीदाबाद सेक्टर १५ स्थित अजरौंडा श्मशान स्थलमा अन्त्येष्टि गरिएको थियो ।

सुहानीको निधनको खबर पाएपछि आमिर खानको टोलीले सामाजिक सञ्जालमा लेख्यो – ‘सुहानीको निधनको खबरले हामी अत्यन्तै दुखी छौं । उहाँकी आमा पूजा जी र सम्पूर्ण परिवारलाई हाम्रो समवेदना । सुहानी एक धेरै प्रतिभाशाली केटी थिइन्, उनले सधैं एक टोली खेलाडीको रूपमा काम गरिन् । उनीबिना नाच अधुरो हुन्थ्यो । सुहानी तिमी सधैं हाम्रो मनमा तारा बन्नेछौ ।’

सुहानीले ‘दंगल’ मा आमिर खानकी कान्छी छोरी (जुनियर बबिता फोगाट) को भूमिका निभाएकी थिइन् । यो फिल्मबाहेक उनी केही टिभी विज्ञापनमा पनि देखिएकी थिइन् । तर, पछि उनले कामबाट ब्रेक लिएर पढाइ पूरा गर्ने निर्णय गरिन् । उनले धेरै अन्तर्वार्तामा पढाइ सकेर फिल्ममा फर्किने बताएकी थिइन् ।