काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समुहका अध्यक्ष केपि ओलीले नेकपाको संसदीय दल प्रमुख सचेतकमा बिशाल भट्टराईलाई नियुक्त गर्नुभएको छ ।
यस अघि प्रमुख सचेतककारुपमा रहनुभएका देब गुरुङलाई हटाउदै ओलीले भट्टराईलाई नियुक्ति गर्नुभएको हो ।
नेकपा व्यवहारिकरुपमा विभाजन भएपछि नेपाल–दाहाल समुहले ओलीलाई संसदीय दलको नेताबाट हटाउदै पुष्पकमल दहाललाई चयन गरेको थियो ।