२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गरिन्छ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानविन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारबाही गरिने बताउनुभएको छ । रोल …

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले छानविन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताउनुभएको हो । उहाँले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘छानविन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानविन समितिले बुझाएको छ । आज मैले बुझ्दै छु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । मैले हेर्दैछु । आजै मन्त्रिपरिषद् छ त्यसलाई सरकारले बनाएको छानविन समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

उहाँले यस घटनालाई सरकारले गम्भिरतापूर्वक लिएर तत्काल १०/१० लाख रुपैयाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताउनु भयो । परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि उहाँको भनाई छ । —न्युज एजेन्सी नेपाल