१ पुष २०८२, मंगलवार
,
Latest
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी रुखबाट लडेर युवकको मृत्यु प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री रश्मिका सवार विमान दुर्घटना हुनबाट बच्यो



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दाना आफ्नो फिल्मका कारण चर्चामा रहन्छिन् । पछिल्लो समय रश्मिकाले समस्याको सामना गर्नुपरे छ । उनको उडान आकस्मिक अवतरण गर्नुपरेको थियो ।

यो घटनाले अभिनेत्री र उनका सहयात्रीहरूलाई स्तब्ध बनाएको थियो । रश्मिकाले फ्लाइटमा बसेको तस्विर पनि सेयर गरेकी छिन् ।

रश्मिकाले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा यो तस्बिर सेयर गरेकी छिन् । उनको यो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक हुनेबित्तिकै भाइरल भयो । यसपछि रश्मिकाका फ्यानहरुले उनको बारेमा चिन्ता व्यक्त गर्न थालेका थिए ।

यो समयमा रश्मिका अभिनेत्री श्रद्धा दाससँग यात्रा गरिरहेकी थिइन् । रश्मिकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा श्रद्धासँगको सेल्फी सेयर गरेकी छिन् ।

अभिनेत्रीले तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘तपाईको जानकारीको लागि, आज हामी यसरी मृत्युबाट बच्न सफल भयौं ।’ रिपोर्टका अनुसार रश्मिका बसेको फ्लाइट मुम्बईबाट हैदरावाद गइरहेको थियो । प्राविधिक समस्याका कारण ३० मिनेटपछि फेरि मुम्बई फर्कियो । यस घटनामा कसैलाई पनि चोटपटक वा कुनै क्षति भएको छैन ।

रश्मिकाको कामको कुरा गर्ने हो भने, उनी अहिले आफ्नो फिल्म ‘एनिमल’को सफलताको आनन्द उठाइरहेकी छिन् । यस फिल्ममा उनी रणवीर कपूरसँग स्क्रिन सेयर गर्दै देखिएकी थिइन् । सन्दीप रेड्डी वांगाद्वारा निर्देशित यो फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भयो ।