१० भाद्र २०८३, बुधबार
,
Latest
उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री रश्मिका सवार विमान दुर्घटना हुनबाट बच्यो



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दाना आफ्नो फिल्मका कारण चर्चामा रहन्छिन् । पछिल्लो समय रश्मिकाले समस्याको सामना गर्नुपरे छ । उनको उडान आकस्मिक अवतरण गर्नुपरेको थियो ।

यो घटनाले अभिनेत्री र उनका सहयात्रीहरूलाई स्तब्ध बनाएको थियो । रश्मिकाले फ्लाइटमा बसेको तस्विर पनि सेयर गरेकी छिन् ।

रश्मिकाले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा यो तस्बिर सेयर गरेकी छिन् । उनको यो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक हुनेबित्तिकै भाइरल भयो । यसपछि रश्मिकाका फ्यानहरुले उनको बारेमा चिन्ता व्यक्त गर्न थालेका थिए ।

यो समयमा रश्मिका अभिनेत्री श्रद्धा दाससँग यात्रा गरिरहेकी थिइन् । रश्मिकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा श्रद्धासँगको सेल्फी सेयर गरेकी छिन् ।

अभिनेत्रीले तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘तपाईको जानकारीको लागि, आज हामी यसरी मृत्युबाट बच्न सफल भयौं ।’ रिपोर्टका अनुसार रश्मिका बसेको फ्लाइट मुम्बईबाट हैदरावाद गइरहेको थियो । प्राविधिक समस्याका कारण ३० मिनेटपछि फेरि मुम्बई फर्कियो । यस घटनामा कसैलाई पनि चोटपटक वा कुनै क्षति भएको छैन ।

रश्मिकाको कामको कुरा गर्ने हो भने, उनी अहिले आफ्नो फिल्म ‘एनिमल’को सफलताको आनन्द उठाइरहेकी छिन् । यस फिल्ममा उनी रणवीर कपूरसँग स्क्रिन सेयर गर्दै देखिएकी थिइन् । सन्दीप रेड्डी वांगाद्वारा निर्देशित यो फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भयो ।