• ३१ असार २०८१, सोमबार
  •      Mon Jul 15 2024
  •   Unicode
Logo
Latest
★   पेट्रोल, डिजेल र मट्टितेलको मृल्यवृद्धि ★   लिलादेवी गडतौला सरकारको कायममुकायम मुख्य सचिव ★   विपद्मा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत दिने सरकारको निर्णय ★   आर्थिक विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ★   को हुन् नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल ? ★   पर्यटन नीतिलाई समयानुकूल बनाउँछुः पर्यटनमन्त्री पाण्डे ★   मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर ★   नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई ★   मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान ★   नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा को हुन् त ?

वल्भ्ससँग टोटेनहम पराजित, नटिङहमले वेस्टहामलाई हरायो



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा वल्भ्सले टोटेनहमलाई पराजित गरेको छ । गएराति भएको खेलमा वल्भ्सले टोटेनहमलाई उसकै घरेलु मैदानमा २–१ गोलले पराजित गरेको हो ।

वल्भ्सको जितमा दुवै गोल जोआओ गोमेजले गरे । उनले ४२ औं तथा ६३ औं मिनेटमा गोल गरे । यता, ४६ औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गरेपनि टोटेनहमको हार टार्न सकेनन् ।

यो नतिजासँगै टोटेनहम २५ खेलबाट ४७ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । वल्भ्स ३५ अंकका साथ ११ औं स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा नटिङहम फरेस्टले वेस्टहाम युनाइटेडलाई पराजित गर्यो । खेलको पहिलो हाफको इन्जुरी समयमा ताइओ एयोइनीले तथा अन्तिममा इन्जुरी समयमा कालुम हडसन ओडोइले अर्को गोल थपे ।

खेलको ७१ औं मिनेटमा काल्भिन फिलिप्सले रातो कार्ड खाएपछि वेस्टहाम १० खेलाडीमा समेटिएको थियो । वेस्टहाम ३६ अंकका साथ आठौं स्थानमा रहँदा नटिङहम २४ अंकका साथ १५ औं स्थानमा छ ।