२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ ?

‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ ?
अ अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रको विधान अधिवेशनबारे सामाजिक सञ्जाल एक्समार्फत टिप्पणी गरेका छन् । उनले माओवादीमा क्रमभंगताको अभाव रहेको बताएका छन् ।

वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाँ संविधान जारी भएयता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरता बाहेक अरू केही देखिएको छैन, भट्टराईले लेखेका छन्, ‘अहिलेको विधान अधिवेशन पनि त्यसैको निरन्तरता मात्र देखियो ।’

डा. भट्टराईले पार्टीभित्र विचारको बन्ध्याकरण र सारसंग्रहवाद रहेको औँल्याएका छन् । एकै साथ दुई वैचारिक डुंगामा चढेर कहीँ नपुगिने संकेत गर्दै उनले भनेका छन्, ‘‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।

माओवादी केन्द्रको विधान अधिवेशनबारे बाबुराम भट्टराईको टिप्पणी

१. निरन्तरतामा क्रमभंगताको अभाव

नेपालमा माओवादी आन्दोलनको चमत्कारिक उदय, विकास र शान्तिपूर्ण रूपान्तरणको मूल कारण वा रहस्य भनेकै वस्तुगत र आत्मगत परिस्थितिको ठोस मूल्यांकनको आधारमा विचार, नीति, कार्यक्रम र व्यवहारमा निरन्तरतामा क्रमभंग गर्ने र नयाकक पहल गर्ने सोंच,साहस र शैली हो! तर वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाकक संविधान जारी भए यता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरता बाहेक अरू केही देखिएको छैन र अहिलेको विधान अधिवेशन पनि त्यसैको निरन्तरता मात्र देखियो ।

२. विचारको बन्ध्याकरण र सारसंग्रहवाद

राज्यको संविधान र दलको विधानको प्रस्तावनाले राज्य र दलको वैचारिक–राजनीतिक दिशा प्रष्ट्याउँछ । माकेको नयाँ विधानको प्रस्तावनामा कुनै सिर्जनशीलता,नयापन, प्रष्टता छैन, बरू पुरानै विचार र केही नयाकक शब्दावलीहरूको सारसंग्रहवादी ककटेल मात्र छ । उदाहरणको निम्ति “मार्क्सवाद–लेनिनवाद–माओवाद”(मा–ले–मा)लाई पार्टीको निर्देशक सिद्धान्त मान्ने जनयुद्धकालीन सोंच र बहुदलीय प्रतिस्पर्धी राजनीतिाटै ‘समाजवाद’को यात्रा गर्ने पछिल्लो कार्यदिशालाई घालमेल गरिएको छ! मा–ले–मा को शास्त्रीय वा प्रचलित अर्थ ‘सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति’ हो! यसरी एकै साथ दुइ वैचारिक डुंगामा चढेर पुग्ने कता हो? ‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ ?

३. संगठनात्मक डेन्टिंग पेन्टिंग

विधानले पार्टीको विचार र राजनीतिलाई संगठन,नेतृत्व,शैलीमा ढाल्दछ र जनतासंग जोडेर कार्यदिशा कार्यान्वयन गर्न सहयोग गर्दछ ! परन्तु मा–केको संगठनात्मक सिद्धान्त,ढाककचा र शैलीमा कुनै नयां क्रमभंगता छैन ! बरू स्टालिनको पालादेखि भ्रष्टीकृत भैसकेको “ जनवादी केन्द्रीयता” लाई अलिकति डेन्टिंग पेन्टिंग गरेर निरन्तरता दिएको छ! अहिलेको बहुवर्गीय अर्थ–राजनीतिक परिवेश र डिजिटल प्रविधिको युगमा त्यस्तो ब्यूरोक्रेटिक संगठनात्मक ढाककचा र अतिकेन्द्रीकृत नेतृत्व प्रणालीले मा–केलाई घरको न घाटको बनाउने प्रबल सम्भावना छ!

४.भावनात्मक दोहन मात्र नहोस्

अत: मा–के नेतृत्वले यस्तो दोधारे,अस्पष्ट सोंच,नीति र शैली अवलम्वन गरेर ऐतिहासिक जनयुद्ध र त्यसका महत्वपूर्ण राजनीतिक उपलब्धीहरूहरूको भावनात्मक दोहन गर्दै संसदीय राजनीतिक खेलमा टिकिरहने निरर्थक प्रयास गर्नुसट्टा युगानुकूल विचार,राजनीति,संगठन,नेतृत्व,शैलीको छलाककगमय विकास गर्दै एक्काइसौं शताब्दीमा समाजवादको नयाकक मोडेल र बाटो निर्माण गर्नेतर्फ ध्यान दिने हो कि ?