२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कांग्रेस महासमिति बैठक: पेचिलो बन्दै हिन्दू राष्ट्रको मुद्दा

कांग्रेस महासमिति बैठक: पेचिलो बन्दै हिन्दू राष्ट्रको मुद्दा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्रको विषय पनि एउटा एजेण्डा बन्ने भएको छ ।

पार्टीका केही नेताहरुले यस विषयमा छलफल गर्न दबाब दिएका मात्र होइनन् कि यसलाई मूल एजेण्डा नै बनाएर आवश्यक निर्णय लिन पनि भनेका छन् । सो पार्टीका केही नेताहरुले ७ फागुनमा ललितपुरको गोदावरीमा सुरु हुने पार्टीको महासमिति बैठकमा एजेण्डाका रुपमा छलफल गर्ने भन्दै सो विषयलाई पनि टिपाएका छन् ।

काँग्रेसको एक पक्ष यो संविधान जारी भए देखि नै नेपालमा हिन्दू राष्ट्रको पक्षमा नै रहँदै आएका छन् । उनीहरुले पार्टीको नेतृत्वलाई समय समयमा नेपाल हिन्दू राष्ट्र घोषणा हुनुपर्ने र त्यसका लागि पार्टीले नै आधिकारिक रुपमा निर्णय गर्नुपर्ने बताउँदै आएका थिए ।

केही नेताहरुले सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको पनि घोषणा गरेका छन् । उनीहरुले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेण्डा प्रवेश गराउने मात्र नभएर यसलाई छलफल गरी त्यसमा निर्णय गर्नेसम्मको तयारी गरेका बुझिएको छ । यसको संयोजन पछिल्लो समयमा आएर केन्द्रीय सदस्य शंकर भण्डारीले गरेका छन् । उनले आफूहरुको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले पनि सकारात्मक रुपमा हेरेको बताएका छन् ।

केही समय अघि पार्टीका नेता शशांक कोइरालाले हिन्दू राष्टका पक्षमा काँग्रेस जानुपर्ने बताएका थिए तर पार्टी सभापति शेरबहादुर देउवाले भने यस विषयको आधिकारिक धारणा सार्वजनिक रुपमा राखेका छैनन् । पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्रको विषय एजेण्डाको रुपमा आत्मसाथ गरेर अन्य राजनीतिक दल र आम समुदायसँग छलफल अगाडि बढाउने तयारीमा सो अभियानका अभियन्ताहरु छन् । उनीहरुले सो अभियानका लागि महासमिति बैठकमा धर्ना दिनेसम्मको पनि कार्यक्रम रहेको अभियानका सदस्यहरुले बताएका छन् ।

हामीले महासमिति बैठकका समयमा हलबाहिर ब्यानरसहित धर्ना दिने काम पनि गर्नेछौँ ती सदस्यले भने । कांग्रेसले हिन्दुराष्ट्रलाई एजेण्डाको रुपमा स्वीकार गरेपछि अरु दल र सरकारलाई भन्न सकिने र संविधान संशोधनसम्म जान सकिने धारणा उनीहरुको छ ।

पछिल्लो समयमा नेपालमा राजा फर्किने, त्यसअघि हिन्दू राष्ट्र कायम गरिने र त्यो भन्दा पनि अघि यी विषयवस्तुहरु राखेर संविधान संशोधनका लागि एक मस्यौदा समिति नै गठन गरिने भन्ने सम्मका समाचारहरु आइरहेका छन् । सोही बमोजिम पूर्व राजा ज्ञानेन्द्रको सक्रियता पनि पहिलेको तुलनामा बढ्दो छ । उनले पनि अब देश बिग्रिसकेकाले चुप लागेर बस्न नसकिने जस्ता अभिव्यक्ति दिँदै सार्वजनिक रुपमा भाषण नै गर्ने गरेका छन् ।

उता भारतमा पनि हालै अयोध्यामा स्थापना गरिएको श्रीरामको मन्दिरका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दू अतिवादको उदाहरण प्रस्तुत नै गरेका छन् । उनको पार्टी भारतीय जनता पार्टीले त हिन्दू धर्मको वकालत गर्ने नै भयो । अब भारतमा आउनै लागेको निर्वाचनमा पनि उनको यो एजेण्डा छ नै । यसैक्रममा उनले नेपालमा पनि हिन्दू राष्ट्रका बारेमा लबिङ गर्न सक्ने आँकलन नेपालमा पनि बढ्दो छ ।

यस्तो बेलामा यता नेपालमा पनि यो अभियान सुरु हुनु संयोगमात्र नहुन सक्छ । त्यसैमा पनि वर्तमान सत्ताको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसले महाधिवेशनपछिको सबैभन्दा ठूलो यो महासमिति बैठकमा नै यो एजेण्डा छिराएर वैधानिकता प्रदान गराउने प्रयास गर्नुलाई पनि सामान्य रुपमा लिन सकिँदैन ।