२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यशस्वीको करिअरमा तेस्रो शतक



अ+ अ-

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको ५ टेष्ट सिरिजको तेस्रो खेल राजकोटमा जारी छ । निरञ्जन शाह रंगशालामा भएको पहिलो इनिङ्समा भारतले ४ सय ४५ रन बनाएको छ भने इंग्ल्याण्डले ३१९ रन बनाएको छ ।

अहिले तेस्रो दिनको तेस्रो सत्रको खेल चलिरहेको छ । भारतले आफ्नो दोस्रो इनिङ्समा एक विकेट गुमाएर १७१ रन बनाएको थियो । यशस्वी जैसवालले शतक प्रहार गरे । टोलीको अग्रता पनि तीन सय रनको नजिक पुगेको छ ।

रोहित शर्मा १९ रन बनाएर जो रुटको बलमा एलबीडब्लु भए । तेस्रो दिन इंग्ल्यान्डले २०७र२ रन बनाएर आफ्नो इनिङ्स अगाडि बढाएको थियो ।

यशस्वी जैसवालले मार्क वुडविरुद्ध कभरतर्फ चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरे । उनले १२२ बलमा करियरको तेस्रो शतक बनाए । यसअघि यशस्वीले ८० बलमा छक्का लगाएर आफ्नो अर्धशतक पूरा गरेका थिए ।