२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’

यी ५ खानेकुरा जुन काँचै खाँदा थप पोषण मिल्छ

यी ५ खानेकुरा जुन काँचै खाँदा थप पोषण मिल्छ
fresh sliced beetroot on wooden surface
अ अ+ अ-

एजेन्सी । शरीरलाई तन्दुरुस्त राख्न मानिसहरु खानामा पौष्टिक तत्वहरु समावेश गर्दछन् । तर, यसका बाबजुद पनि शरीरलाई यिनीहरूबाट विशेष फाइदा हुँदैन । जसको एउटा कारण यो पनि हुनसक्छ कि मानिसले काँचो खानेकुरा पकाएर खान्छन् । यस्ता धेरै खानेकुरा छन्, जसलाई काँचो खाँदा शरीरलाई थप पोषण मिल्छ । आउनुहोस् जानौं यस्ता ५ नाम, जुन काँचो खान सकिन्छ ।

कार्बोहाइड्रेट, फाइबर, भिटामिन ए, भिटामिन के, भिटामिन सी, पोटासियम, क्याल्सियम र आइरन जस्ता पोषक तत्वहरूले भरिपूर्ण गाजर काँचो खाँदा बढी फाइदा हुन्छ । गाजरमा पाइने एन्टिअक्सिडेन्ट शरीरका लागि फाइदाजनक हुन्छ । काँचो गाजरको सेवनले पेट र छाला लगायतका धेरै समस्याबाट बच्न सकिन्छ ।

चुकन्दरमा सोडियम, पोटासियम, क्याल्सियम, फस्फोरस जस्ता धेरै पोषक तत्व पाइन्छ । यसलाई खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । काँचो सलादमा चुकन्दर खान सक्नुहुन्छ र यसको जुस पनि पिउन सक्नुहुन्छ ।

भिटामिन ए, भिटामिन सी, फाइबर र क्याल्सियम जस्ता पोषक तत्वहरूले भरिपूर्ण सलादको रूपमा टमाटर काँचो खान सक्नुहुन्छ। काँचो टमाटर तपाईको स्वास्थ्यको लागि लाभदायक साबित हुन्छ। एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण टमाटरले मधुमेह, क्यान्सर जस्ता धेरै रोगबाट बच्न पनि मद्दत गर्छ।

मानिसहरु बदाम र काजूलाई भुटेर खान मन पराउँछन् तर त्यसो गर्नाले भित्रको पोषक तत्व कम हुन्छ । बेलुका खानाको समयमा उपभोग गर्न सक्नुहुन्छ ।

काँक्रोले शरीरलाई हाइड्रेटेड राख्छ, यसलाई काँचो खाएमा बढी फाइदा हुन्छ । काँक्रो पकाएर खाँदा यसको पोषक तत्व कम हुन्छ । काँक्रोलाई सलादको रुपमा, जुस बनाएर वा राईतामा बनाएर खान सकिन्छ ।