२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी ५ खानेकुरा जुन काँचै खाँदा थप पोषण मिल्छ



fresh sliced beetroot on wooden surface
अ+ अ-

एजेन्सी । शरीरलाई तन्दुरुस्त राख्न मानिसहरु खानामा पौष्टिक तत्वहरु समावेश गर्दछन् । तर, यसका बाबजुद पनि शरीरलाई यिनीहरूबाट विशेष फाइदा हुँदैन । जसको एउटा कारण यो पनि हुनसक्छ कि मानिसले काँचो खानेकुरा पकाएर खान्छन् । यस्ता धेरै खानेकुरा छन्, जसलाई काँचो खाँदा शरीरलाई थप पोषण मिल्छ । आउनुहोस् जानौं यस्ता ५ नाम, जुन काँचो खान सकिन्छ ।

कार्बोहाइड्रेट, फाइबर, भिटामिन ए, भिटामिन के, भिटामिन सी, पोटासियम, क्याल्सियम र आइरन जस्ता पोषक तत्वहरूले भरिपूर्ण गाजर काँचो खाँदा बढी फाइदा हुन्छ । गाजरमा पाइने एन्टिअक्सिडेन्ट शरीरका लागि फाइदाजनक हुन्छ । काँचो गाजरको सेवनले पेट र छाला लगायतका धेरै समस्याबाट बच्न सकिन्छ ।

चुकन्दरमा सोडियम, पोटासियम, क्याल्सियम, फस्फोरस जस्ता धेरै पोषक तत्व पाइन्छ । यसलाई खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । काँचो सलादमा चुकन्दर खान सक्नुहुन्छ र यसको जुस पनि पिउन सक्नुहुन्छ ।

भिटामिन ए, भिटामिन सी, फाइबर र क्याल्सियम जस्ता पोषक तत्वहरूले भरिपूर्ण सलादको रूपमा टमाटर काँचो खान सक्नुहुन्छ। काँचो टमाटर तपाईको स्वास्थ्यको लागि लाभदायक साबित हुन्छ। एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण टमाटरले मधुमेह, क्यान्सर जस्ता धेरै रोगबाट बच्न पनि मद्दत गर्छ।

मानिसहरु बदाम र काजूलाई भुटेर खान मन पराउँछन् तर त्यसो गर्नाले भित्रको पोषक तत्व कम हुन्छ । बेलुका खानाको समयमा उपभोग गर्न सक्नुहुन्छ ।

काँक्रोले शरीरलाई हाइड्रेटेड राख्छ, यसलाई काँचो खाएमा बढी फाइदा हुन्छ । काँक्रो पकाएर खाँदा यसको पोषक तत्व कम हुन्छ । काँक्रोलाई सलादको रुपमा, जुस बनाएर वा राईतामा बनाएर खान सकिन्छ ।