९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार यी कार्यहरु गर्नुहोस् भाग्य चम्किन्छ !



अ+ अ-

एजेन्सी । सनातन परम्परामा शनिवारको दिन शनिदेवको पूजा गर्नका लागि निकै शुभ मानिन्छ । साताको यो दिन शनिदेवको नामबाट नामाकरण गरिएको हो । यद्यपी पवनपुत्र हनुमान जीको पुजाका लागि शनिबारलाई पनि शुभ मानिन्छ । हिन्दू मान्यता अनुसार हरेक दिन पूजा र अन्य काम गर्नका लागि केही नियम बनाइएको छ ।

शनिबार गर्नुहोस् यी कामहरु

शनिबारको दिन पूर्ण विधिपूर्वक श्री हनुमान जीको पूजा गर्नुपर्छ । हनुमान जीको आशीर्वाद प्राप्त गर्न आज हनुमान चालिसा वा सुन्दरकाण्डको ७ पटक पाठ गर्नुहोस्। हनुमानजीलाई मोतीचूर प्रसाद चढाउनुहोस्।

शनिबारको दिन शनिदेवको पुजाका लागि पनि फलदायी मानिन्छ । यस्तो अवस्थामा आज कुनै पनि शनिधाममा गएर उनलाई तोरीको तेल चढाउनुका साथै तोरीको तेलको दियो पनि बाल्नुहोस् ।

वास्तुका अनुसार शनिबार घरभरि धूप बाल्नु पर्छ। यसो गर्नाले घरको नकारात्मक उर्जा हट्छ भन्ने विश्वास गरिन्छ ।

कालो वस्तु जस्तै चिया पात, कालो चना, कालो कपडा, कालो जुत्ता आदि शनिबार दान गर्नुपर्छ ।

शनिबार भान्साकोठामा बनेको पहिलो रोटी कालो गाईलाई खुवाउनुपर्छ वा कालो कुकुरलाई तेलमा भिजाएको रोटी खुवाउनुपर्छ । यसो गर्नाले शनिसँग सम्बन्धित समस्याहरू हट्नेछन्।

शनिबारको दिन पिपलको रूखको पूजा गर्नु निकै शुभ मानिन्छ । यस दिन बिहान स्नान र ध्यान गरेपछि पिपलको रुखमा जल चढाएर तेलको दियो बालेर घुम्न जानुपर्छ ।