२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटना : दोषी ठहर भएका मन्त्री ज्वालालाई के कारबाही ?



अ+ अ-

काठमाडौं । ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी गत पुस १३ गतेमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला दोषी देखिएका छन् ।

घटनाबारे छानबिन गर्न गठित आयोगले यो घटनामा तीन जनालाई दोषी किटान गरेको हो । आयोगले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला जानै नहुने ठाउँमा पुग्दा मानवीय क्षति भएको उल्लेख छ ।

आयोगले प्रर्दशन र हुलहुज्जत भइरहेको ठाउँमा सुरक्षा व्यवस्थाको यकीन नगरी विभागीय मन्त्री पुग्नु नै मुख्य कमजोरी रहेको औंल्याएको हो ।
गत पुस १३ गते दुई युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न मन्त्रिपरिषद्ले पुस १६ गते उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

आयोगले घटनाको नैतिक जिम्मेवारी लिन र मन्त्री ज्वालालाई सचेत गराउनसमेत प्रतिवेदनमा सिफारिस गरिएको छ । यसैगरी आयोगले फिल्ड कमान्डरको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका डिएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ सई बोधराज दुनुवारलाई पनि दोषी किटान गरेको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य बुझी मेहेनत गरेर तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन् ।
ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाले प्रर्दशन गरेका थिए । प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनमा सहभागी अछाम चौरपाटी गाउँपालिका १ का २१ वर्षि वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का २३ वर्षे सुजन रावतको मृत्यु भएको थियो । शाहको गोली लागेर मृत्यु भएको निष्कर्ष समेत आयोगले निकालेको छ । रावतको छातीमा भने अश्रुग्यासको सेलले लागेर उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।