• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

वीर र ट्रमा सेन्टरमा फोहोर व्यवस्थापन अनुगमन : सुधारका थप काम गर्न सुझाव



काठमाडौँ । काठमाडौँ ठूला अस्पतालमध्येको वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको छ ।

जसमध्ये संक्रमणजन्य फोहोर ८ हजार १५३ केजी, सुइबिनाको सिरिञ्ज ६३९ केजी, तिखो सिसा १२० केजी, धारिलो तथा तीखो धातु १०४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १४४ केजी, कागज २ हजार २२३ केजी, प्लाष्टिक र प्लाष्टिकजन्य बोतल ७ हजार ७०२ केजी, नफुटेका सिसा १ हजार ४४० केजी फोहोर छ । जसमध्ये ५ हजार ३६ किलो कुहिने फोहोर छ ।

ट्रमा सेन्टरमा मासिक ९ हजार किलो फोहोर उत्पादन हुन्छ । जसमा संक्रमित फोहोर २ हजार ४ सय केजी छ । बाँकी जैविक फोहोर हो ।

अस्पतालहरुले संक्रमित फोहोरलाई सामान्य बनाउन थालेको प्रयास सन्तोषजनक छ । सानातिना त्रुटि र छुटेका प्रक्रिया छन् । यी प्रक्रियालाई सुधार गरेर उत्कृष्ट र नमूना बनाउनु पर्छ । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा गएको अनुगमन टोलीले सुझाव दिएको छ ।

अनुगमनका बारेमा जानकारी दिदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘सामान्य वेडहरु, सघन कक्ष र आकस्मिक कक्षहरु, चिकित्साबाट उत्पादन हुने फोहोर वर्गीकरणको प्रक्रिया, स्रोतमा वर्गीकरण भएको फोहोर ढुवानी गरेर निर्मलीकरण तथा भण्डारणसम्म पु-याउने विधि, यस क्रममा अपनाइने सुरक्षाका उपाय हेरेका थियौँ । अभ्यास सन्तोषजनक नै छ । सुधारका केही ठाउँ पनि देखिएका छन् । यसलाई सुधार गर्न अस्पताललाई भनेका छौँ ।’

स्रोतमा फोहोर मिसिन सक्ने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यक्तिको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन अनुगमनका क्रममा दिइएका सुझाव हुन् ।

अनुगमनका क्रममा विरामीको जन्मोत्सव 

अनुगमनका क्रममा ट्रमा सेन्टरमा उपचाररत विरामीको १९ औँ जन्मोत्सवमा उपप्रमुख सहभागी हुनुभयो । मानसिक रुपमा बलियो हुन सके शारीरिक समस्या निको बनाउन सहज हुन्छ । विभिन्न असहज परिस्थितिलाई सहजै सामना गर्न सक्ने विरामीका परिवारको हौसला अनुकरणीय लाग्यो । उपप्रमुखले अस्पतालमा बस्दाको पीडा भुलेर, टाढाबाट काठमाडौँ आउनु पर्दाको समस्या र आर्थिक लगायत अभाव विर्सेर रमाउन सक्ने परिवार वास्तवमै अनुकरणीय लाग्यो ।

विरामी सिन्धुपाल्चोकबाट उपचारका लागि काठमाडौँ आएका हुने । उनका साथमा बुबा र दिदीहरु हुनुहुन्थ्यो । विरामीको जन्मोत्सवमा सबै पीडा भुलेर उहाँहरु रमाइरहनु भएको थियो ।