२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

वीर र ट्रमा सेन्टरमा फोहोर व्यवस्थापन अनुगमन : सुधारका थप काम गर्न सुझाव

वीर र ट्रमा सेन्टरमा फोहोर व्यवस्थापन अनुगमन : सुधारका थप काम गर्न सुझाव
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ ठूला अस्पतालमध्येको वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको छ ।

जसमध्ये संक्रमणजन्य फोहोर ८ हजार १५३ केजी, सुइबिनाको सिरिञ्ज ६३९ केजी, तिखो सिसा १२० केजी, धारिलो तथा तीखो धातु १०४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १४४ केजी, कागज २ हजार २२३ केजी, प्लाष्टिक र प्लाष्टिकजन्य बोतल ७ हजार ७०२ केजी, नफुटेका सिसा १ हजार ४४० केजी फोहोर छ । जसमध्ये ५ हजार ३६ किलो कुहिने फोहोर छ ।

ट्रमा सेन्टरमा मासिक ९ हजार किलो फोहोर उत्पादन हुन्छ । जसमा संक्रमित फोहोर २ हजार ४ सय केजी छ । बाँकी जैविक फोहोर हो ।

अस्पतालहरुले संक्रमित फोहोरलाई सामान्य बनाउन थालेको प्रयास सन्तोषजनक छ । सानातिना त्रुटि र छुटेका प्रक्रिया छन् । यी प्रक्रियालाई सुधार गरेर उत्कृष्ट र नमूना बनाउनु पर्छ । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा गएको अनुगमन टोलीले सुझाव दिएको छ ।

अनुगमनका बारेमा जानकारी दिदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘सामान्य वेडहरु, सघन कक्ष र आकस्मिक कक्षहरु, चिकित्साबाट उत्पादन हुने फोहोर वर्गीकरणको प्रक्रिया, स्रोतमा वर्गीकरण भएको फोहोर ढुवानी गरेर निर्मलीकरण तथा भण्डारणसम्म पु-याउने विधि, यस क्रममा अपनाइने सुरक्षाका उपाय हेरेका थियौँ । अभ्यास सन्तोषजनक नै छ । सुधारका केही ठाउँ पनि देखिएका छन् । यसलाई सुधार गर्न अस्पताललाई भनेका छौँ ।’

स्रोतमा फोहोर मिसिन सक्ने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यक्तिको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन अनुगमनका क्रममा दिइएका सुझाव हुन् ।

अनुगमनका क्रममा विरामीको जन्मोत्सव 

अनुगमनका क्रममा ट्रमा सेन्टरमा उपचाररत विरामीको १९ औँ जन्मोत्सवमा उपप्रमुख सहभागी हुनुभयो । मानसिक रुपमा बलियो हुन सके शारीरिक समस्या निको बनाउन सहज हुन्छ । विभिन्न असहज परिस्थितिलाई सहजै सामना गर्न सक्ने विरामीका परिवारको हौसला अनुकरणीय लाग्यो । उपप्रमुखले अस्पतालमा बस्दाको पीडा भुलेर, टाढाबाट काठमाडौँ आउनु पर्दाको समस्या र आर्थिक लगायत अभाव विर्सेर रमाउन सक्ने परिवार वास्तवमै अनुकरणीय लाग्यो ।

विरामी सिन्धुपाल्चोकबाट उपचारका लागि काठमाडौँ आएका हुने । उनका साथमा बुबा र दिदीहरु हुनुहुन्थ्यो । विरामीको जन्मोत्सवमा सबै पीडा भुलेर उहाँहरु रमाइरहनु भएको थियो ।