४ आश्विन २०८१, शुक्रबार
,
Latest
अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ) सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्थलीमा ‘डोको डस्टविन’ अभियान



file photo
अ+ अ-

मन्थली । जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप–काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन् ।

जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो ।

रामेछाप–काठमाडौँ सिर्जनशील समाजले मन्थलीको वाणिज्य बैंक चोकबाट रेडक्रस लाइन हुँदै कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन, जिल्ला हुलाक, टेलिकम, पशुसेवा केन्द्र, घरेलु उद्योग हँुदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्रसहित कृषि विकास बैंकको चोकसम्मको चक्रपथ सडकमा करिब ४३ डोको राखिएको समाजका अध्यक्ष विपिन भट्टराईले बताउनुभयो ।

नगरपालिकाले बजार क्षेत्र हुँदै मन्थली अस्पताल चोकबाट देवकोटा–बिपी–मदन आश्रित चोकसम्म करिब दुई सय डोको डस्टविन राखेको नगरप्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो । बजारको सरसफाइलाई मध्यनजर गर्दै पहिलो चरणमा वडाध्यक्षसँगको समन्वयमा बजार क्षेत्रका वडाबाट अभियान थालिएको भन्दै अन्य वडामा पनि क्रमश: अभियान विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो ।

स्थानीयस्तरमा उत्पादन भएका डोको वातावरण मैत्री हुने तथा उत्पादित सामान पनि बिक्री हुने भएकाले यसलाई छनोट गरिएको समाजका अध्यक्ष भट्टराईले बताउनुभयो । संस्थाबाट डोकोबापत सङ्कलन भएको रकमले स्थानीयको आर्थिक अवस्थामा टेवा पुग्ने उहाँको भनाइ थियो ।

यो अभियान सञ्चालनपश्चात सरकारी कार्यालयमा आउने सेवाग्राही र बजारमा आउने नागरिकले प्रयोग गरेको पानीका बोतल, अन्य फोहरजन्य वस्तु डस्टविनमा सङ्कलन गरी भोलिपल्ट बिहान नगरपालिकाले उक्त फोहर व्यवस्थापन गर्ने गरेको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मन्थली बजारमा अधिकांश ठाउँमा स्टयान्ड बनाएर डोको डस्टविन राखिएको छ ।

डोको डस्टविनले स्थानीय उत्पादनलाई बजारीकरणमा सहजीकरण हुनु र बजार क्षेत्रमा जथाभावी फोहर तथा प्लाष्टिक फाल्ने, सडकमा वा पसल अगाडि फोहर थुपार्नेलगायत क्रियाकलापबाट बजारको सौन्दर्यलाई बचाइराख्नुका साथै व्यापारव्यवसाय थप चलायमान हुने अपेक्षा लिइएको स्थानीय व्यवसायी रामहरी उप्रेतीले बताउनुभयो । उहाँले यसअघि डोको नराख्दा जथाभावी फोहर थुपार्ने गरिएकामा अभियानपछि बजार सुन्दर र सफा देखिएको बताउनुभयो ।

यस्तो अभियान यसअघि अन्य जिल्लामा भएका भन्दै अहिले मन्थली सदरमुकाममा सुरु भएपछि आफू उत्साहित भएको स्थानीय टङ्क श्रेष्ठले बताउनुभयो । सदरमुकाममा मात्र नभई जिल्लाका सबै पालिकाले यस किसिमका अभियान थाल्नुपर्ने उहाँको भनाइ थियो ।

यसअघि जिल्ला समन्वय समिति रामेछापले तय गरेको ‘सभ्य, समृद्ध र सक्षम रामेछाप’को नारालाई पूरा गर्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीय बताउँछन् ।