१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गर्ने

अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गर्ने
अ अ+ अ-

काठमाडौँ । अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गर्ने भएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुलुकका मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गर्ने भएको हो ।

समिति बैठकमा बोल्दै अर्थसमिति सभापति सन्तोष चालिसेले भन्सार नाकाहरुमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले चोरी पैठारी निण्न्त्रण गर्ने उपसमिति बनाएर भन्सार कार्यालयहरुको अनुगमन गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले भन्सार प्रशासनहरुमा प्रविधिको अभाव लगायतका समस्या रहेको अर्थ मन्त्रालयले बताएसँगै समितिले उपसमिति गठन गरेर अनुगमन गर्न आवश्यक देखिएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमो बजेटमा राजश्व संकलनको लक्ष्य निर्धारण संशोधन बजेट तर्जुमा गरेको समयमा सरकारले आयव्यको अनुमान यथार्थपरक ढङ्गले गरेको नदेखिएको भन्दै आगामी बैठकमा अर्थमन्त्रीसँग छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

सरकारले आयव्यय अनुमान गर्ने विद्यामान पद्धतिमा कमी कमजोरी र प्रक्षेपणअनुसार राजश्व संकलन नभई लक्ष्य उल्लेख्य रुपमा घटाउनुको कारण,संशोधित लक्ष्यअनुसार राजश्व संकलन गर्ने अर्थ मन्त्रालयको रणनीति र कार्ययोजना बारेमा छलफलमन्त्रीसँग छलफल गर्ने बताउनु भयो । उहाँले मुलुकमा रहेको अन्तर्राष्ट्रिय भन्सारको विषयमा समितिले समय मिलाएर छलफल गर्ने निर्णय गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आर्थिक वर्ष २०८०/८१को बजेटको अर्धवार्षिक समिक्षामार्फत नेपाल सरकारले यस आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य संशोधन गरेकोमा बजेट तर्जुमा गरेको समयमा सरकारले आयव्यको अनुमान यथार्थपरक ढङ्गले गरेको नदेखिएकाले अर्थमन्त्रीको उपस्थितिमा नीतिगत छलफल हुनुपर्ने सांसदहरुको माग रहेका छ । त्यसैले सरकारले आयव्यय अनुमान गर्ने विद्यामान पद्धतिमा कमीकजोरी र प्रक्षेपणअनुसार राजश्व संकलन नभई लक्ष्य उल्लेख्य रुपमा घटाउनुको कारण,संशोधित लक्ष्यअनुसार राजश्व संकलन गर्ने अर्थ मन्त्रालयको रणनीति र कार्ययोजना आगामी वर्षहरुको लागि राजश्व संकलनको प्रक्षेपन र लक्ष्य निर्धारण गर्दा यथार्थ बनाउनको लागि अर्थ मन्त्रालयले लिएको रणनीतिको विषयमा अर्थमन्त्रीलाई बोलाएर छलफल गर्ने,भन्सार कार्यालयको अनुगमन सम्बन्धमा उपसमिति गठन गरी आवश्यक काम कारबाही अगाडि बढाउने,मुलुकमा रहेको अन्तर्राष्ट्रिय भन्सारको विषयमा समितिले समय मिलाएर छलफल गर्ने निर्णय गरेको छ ।’

समिति बैठकमा सांसदहरुले राजश्व वृद्धिदर घट्नुमा भन्सार चुहावट वृद्धि भएको भन्दै समितिले अनुगमन गर्नुपर्ने बताएका थिए ।