• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गर्ने



काठमाडौँ । अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गर्ने भएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुलुकका मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गर्ने भएको हो ।

समिति बैठकमा बोल्दै अर्थसमिति सभापति सन्तोष चालिसेले भन्सार नाकाहरुमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले चोरी पैठारी निण्न्त्रण गर्ने उपसमिति बनाएर भन्सार कार्यालयहरुको अनुगमन गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले भन्सार प्रशासनहरुमा प्रविधिको अभाव लगायतका समस्या रहेको अर्थ मन्त्रालयले बताएसँगै समितिले उपसमिति गठन गरेर अनुगमन गर्न आवश्यक देखिएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमो बजेटमा राजश्व संकलनको लक्ष्य निर्धारण संशोधन बजेट तर्जुमा गरेको समयमा सरकारले आयव्यको अनुमान यथार्थपरक ढङ्गले गरेको नदेखिएको भन्दै आगामी बैठकमा अर्थमन्त्रीसँग छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

सरकारले आयव्यय अनुमान गर्ने विद्यामान पद्धतिमा कमी कमजोरी र प्रक्षेपणअनुसार राजश्व संकलन नभई लक्ष्य उल्लेख्य रुपमा घटाउनुको कारण,संशोधित लक्ष्यअनुसार राजश्व संकलन गर्ने अर्थ मन्त्रालयको रणनीति र कार्ययोजना बारेमा छलफलमन्त्रीसँग छलफल गर्ने बताउनु भयो । उहाँले मुलुकमा रहेको अन्तर्राष्ट्रिय भन्सारको विषयमा समितिले समय मिलाएर छलफल गर्ने निर्णय गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आर्थिक वर्ष २०८०/८१को बजेटको अर्धवार्षिक समिक्षामार्फत नेपाल सरकारले यस आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य संशोधन गरेकोमा बजेट तर्जुमा गरेको समयमा सरकारले आयव्यको अनुमान यथार्थपरक ढङ्गले गरेको नदेखिएकाले अर्थमन्त्रीको उपस्थितिमा नीतिगत छलफल हुनुपर्ने सांसदहरुको माग रहेका छ । त्यसैले सरकारले आयव्यय अनुमान गर्ने विद्यामान पद्धतिमा कमीकजोरी र प्रक्षेपणअनुसार राजश्व संकलन नभई लक्ष्य उल्लेख्य रुपमा घटाउनुको कारण,संशोधित लक्ष्यअनुसार राजश्व संकलन गर्ने अर्थ मन्त्रालयको रणनीति र कार्ययोजना आगामी वर्षहरुको लागि राजश्व संकलनको प्रक्षेपन र लक्ष्य निर्धारण गर्दा यथार्थ बनाउनको लागि अर्थ मन्त्रालयले लिएको रणनीतिको विषयमा अर्थमन्त्रीलाई बोलाएर छलफल गर्ने,भन्सार कार्यालयको अनुगमन सम्बन्धमा उपसमिति गठन गरी आवश्यक काम कारबाही अगाडि बढाउने,मुलुकमा रहेको अन्तर्राष्ट्रिय भन्सारको विषयमा समितिले समय मिलाएर छलफल गर्ने निर्णय गरेको छ ।’

समिति बैठकमा सांसदहरुले राजश्व वृद्धिदर घट्नुमा भन्सार चुहावट वृद्धि भएको भन्दै समितिले अनुगमन गर्नुपर्ने बताएका थिए ।