• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नामिबियाले नेपाललाई चार विकेटले हरायो



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई पाँच विकेटले हराएको छ ।

जितको लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

नामिबियाका लागि जान फ्रांकलिनले ५३ बलमा चार चौकासहित सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३१, ओपनर माइकल भान लिनगेनले २३ तथा निकोलास डाविनले १५ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । ललित राजवंशीले २ तथा रोहित पौडेले एक विकेट लिए ।

त्यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ को निम्तो पाएको नेपाल ४१।१ ओभरमा अलआउट हुँदै जम्मा १३२ रन बनाएको थियो ।

नेपालको लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाएका थिए । उनले ८६ बलमा दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले ३१ बलमा ३ चौकासहित २१ रन बनाए । करण केसीले ३८ बलमा १६ रन बनाउदा कुशल मल्लले १५ र पवन शर्राफले १२ रन बनाए ।

नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै आउट भए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर आउट भए । यसपछि चौथो ओभरमा आसिफ शेख ४ रन र १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए ।

नामिबियाका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिएका थिए ।