• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

विवादमा परेसँगै पन्तले मागे वलीसँग माफी



काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल पक्षका नेता रघुजी पन्तले आफ्नो भनाइले राष्ट्रिय सभा सांसद कोमल वलीलाई चोट पुगेकोमा माफी मागेका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यकर्ता भेलामा पन्तले  'कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद' भएको टिप्पणी गरेपछि पन्त विवादमा मुछिएका थिए । 

न्युजपोलारसँगको कुराकानीमा पन्तले आफ्नो आसय कोमल वलीलाई चोट पुर्याउने नभएको बताउँदै मेरो अभिव्यक्तिले उहाँप्रति चोट पुग्न गएकोमा आफू ज्यादै दुःखित रहेको बताएका हुन् । 

'मेरा शब्दले उहाँलाई चोट पुर्याएको छ भने म साँच्चै दुःखी छु। यो मेरो मनैदेखिको दुःख व्यक्त गराइ हो । सरी, मेरो आसय त्यस्तो थिएन', उनले भने, 'मैले सन्दर्भबस उहाँको गीतलाई जोड्न खोजेको थिएँ। फ्री बोल्दा, शब्दहरू यताउता पर्दा मेरो अभिव्यक्तिले उहाँप्रति चोट पुग्न गएको छ भने त्यसप्रति म ज्यादै दुःखित छु।'

पन्तले आफूले महिला समानताका लागि सधैँ आवाज उठाउने गरेको बताए ।