• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपालको ब्याटिङ धराशयीमा, ३३ ओभरमा ८ विकेट गुमाएर १०९ रन बनाायो



काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशयीमा परेको छ ।

टियू क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले आठ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटमा गुलशन झालाई गुमाएको हो । उनी २१ रन बनाएर आउट भए

यसअघि नेपालले भीम सार्कीलाई ४४ रनमा गुमाएको थियो । यस्तै,सोमपाल कामि २, कुशल मल्ल १५, रोहित पौडेल १, आसिफ शेख ४ , अनिल शाह ८ र कुशल भुर्तेल शुन्य रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले ३३ ओभरमा ८ विकेट गुमाएर १०९ रन बनाएको छ ।