२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

संसद् मुुलुक र जनताका हितमा निर्णय गर्दै अघि बढ्न सक्षम होला ?

संसद् मुुलुक र जनताका हितमा निर्णय गर्दै अघि बढ्न सक्षम होला ?
अ अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको   प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन अबको आठ दिनभित्रै बस्दैछ ।

मन्त्रिपरिषद्को शुुक्रबारको बैठकले अदालतको आदेशको सम्मान गर्दै प्रतिनिधिसभाको आगामी अधिवेशन यही फागुन २३ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरिसकेको छ ।

सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुुन नहुने संवैधानिक व्यवस्था छ ।  सरकारले पुुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनमा जाने निर्णयसँगै पुुस १८ गतेभित्र बस्नुुपर्ने अधिवेशन अदालतको निर्देशनपछि अहिले बस्न लागेको हो । छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । 

सङ्घीय संसद् सचिवालय बैठक सञ्चालनका लागि अपनाउनुुुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार  व्यवस्थापनको पूूर्ण तयारी पूरा गरी राष्ट्रपतिबाट अधिवेशनको आह्वानको प्रतीक्षामा रहेको प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुुभयो । सचिवालयले गत पुुसमै अधिवेशनका लागि आवश्यक  तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड–१९ निःसङ्क्रमणको व्यवस्थापन गरेको हो । अधिवेशन सञ्चालनका क्रममा मुुख्यसभा कक्षमा प्रवेश गर्नुुअघि सांसदका एन्टिजेन परीक्षण अथवा दिलाउनेबारे छलफल भइरहेको जनाइएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताका विषयमा विवाद भइरहेका अवस्थामा सञ्चालन हुन लागेको आगामी अधिवेशनको बैठकका लागि कार्यसूची तय गर्न बस्ने कार्य व्यवस्था परामर्श समितिमा प्रमुख सचेतकका हैसियतमा कसलाई आमन्त्रण गर्ने भन्ने विषयमा नै अलमल हुने प्रष्ट देखिएको छ ।्

नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मात्र दलका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गर्नुभएको छ । 
अहिले प्रतिनिधिसभामा नेकपाका सभामुुखसहित १७३, नेपाली कांग्रेसका ६१   जनता समाजवादी पार्टी९जसपा०का ३२  सांसदको प्रतिनिधित्व छ । नेकपाका सानुु शिवाको निधनपछि एक पद रिक्त छ भने कांग्रेस र जसपाका दुुईदुुई सांसद अदालतको आदेशानुुसार निलम्बनमा छन् ।
 
संवैधानिक व्यवस्थानुुसार राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका एकएक तथा हुुम्लाबाट प्रतिनिधित्व गर्ने छक्कबहादुुर लामा स्वतन्त्र सांसदका रुपमा प्रतिनिधिसभामा हुुनुुहुुन्छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका आधारमा निकै अर्थपूर्ण ढङ्गबाट हेरिएको प्रतिनिधिसभाको आगामी बैठकमा सभामुखसहित २७० सांसद  सहभागी हुुन सक्ने देखिन्छ । 

कार्यव्यवस्था परामर्श समितिले तय गर्ने कार्यसूचीबाहेक यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिनुहुने छ ।

हिउँदे अधिवेशन सरकारले दिने ‘बिजनेश’ र सदनका गतिविधिका आधारमा कति समय चल्छ भन्ने निर्धारण हुने छ । जसपाका नेता लक्ष्मणलाल कर्णले नेकपा विभाजन नभएका अवस्थामा दुई खेमामा देखिएका सो दलका सांसद पक्ष वा विपक्षमा कहाँ बस्ने भन्ने नै मूलभूत प्रश्न रहेको बताउनुभयो । 
 
उहाँले भन्नुभयो,“सत्ता पक्ष भएकाले सदनको राइट बेञ्चमै बस्नुप¥यो, अर्को समूह राइटभित्र लेफ्ट जस्तो हुने भो । कार्यव्यवस्था समितिमा दुवै अध्यक्ष वा प्रमुख सचेतक दुवै बसे केही फरक त हुने होइन, निर्णय गर्ने बेलामा एउटा पार्टीभित्र दुई वटा समूह भएपछि त सहमति गर्न गाह्रो हुँदै जान्छ, जटिलता आउने सम्भावना बढ्छ ।” नेकपाभित्रको विवाद आन्तरिक द्वन्द्व, प्रतिनिधिसभा विघटन, सडक आन्दोलन हँुदै अदालतको फागुन ११ गतेको निर्णयपछि सङ्घीय संसद्मा प्रवेश गरेको छ ।

विगतदेखि नै स्थगित र विधेयक अधिवेशन रोकिँदा निष्क्रिय हुन पुुगेका नागरिकता,  सङ्घीय निजामती सेवालगायत करीब तीन दर्जन विधेयक अधिवेशन सञ्चालन भएसँगै अघि बढ्ने सम्भावना देखिएको छ । अधिवेशन अघि बढ्दै जाने क्रममा छलफल भएर विभिन्न समितिलगायत चरणमा रहेका विधेयक पनि क्रमश ः छलफलका लागि अघि बढ्ने छन् । यस पटक प्रतिनिधिसभा मात्रै आह्वान भएका खण्डमा धेरै विधेयकले निकास पाउने सम्भावना भने देखिन्न । 

प्रतिनिधिसभा पुनःस्थापनापछि सङ्घीय संसद् सचिवालयमा सांसदको  चहलपहल बढेको छ भने ‘मिनी पार्लियामेन्ट’ संसदीय समितिका बैठक पुनः सञ्चालन हुन थालेका छन् । सोही क्रममा सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बोलाइएको छ । 
 
आआफ्ना समूूहका तर्फबाट घोषित संसदीय दलका नेता र प्रमुख सचेतकले समस्याको निकास कसरी निकाल्छन् भन्ने निष्कर्षसँगै संसद् अधिवेशन र आगामी राजनीति निर्भर रहने दलका नेताहरु बताउँछन् ।  संसदीय सुनुवाइ समितिका सभापति कर्ण भन्नुुहुुन्छ, “कार्यव्यवस्था संसद्बाटै निर्णय हुने भएकाले पुुरानैलाई बोलाएर निकास निकाल्न सकिन्छ, दोस्रो बैठकबाट कसरी अघि बढ्ने भन्ने छिनोफानो हुुन सक्छ । देशभर देखिएको नेकपाभित्रको झमेला संसद्मा  पनि देखिने भो नै ।”सबै खाले राजनीतिलाई ठीक बाटामा अघि बढाउने सार्वभौमसत्तासम्पन्न संसद्ले मुुलुक र जनताका हितमा निर्णय गर्दै अघि बढ्न सक्षम हुने आमजनताको अपेक्षालाई बुुझेर निर्णय लिने छ ।