• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले टस हारेपछि नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै



काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत आज पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस हारेपछि ब्याटिङ गर्न लागेको हो ।

काठमाडौं कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए ।
नेपालले आजको खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार साहलाई मौका दिएको छ । क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका शाह प्लेइङ–११ मा परेका हुने । नेपालले आरिस शेख र देब खनालाई भने आज बेञ्चमा राखेको छ ।

सन् २०२७ सम्म चल्ने लिग–२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ ।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकामा यसपटकको लिग–२ मा भने आठ टोली भिड्दैछन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ ।

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन टोली विश्वकपमा सिधै छनोट भएका थिए ।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्, जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।