९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड रुपैयाँ बराबरका विदेशी मुद्रासहित दुई जना पाकिस्तानी विमानस्थलबाटै पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोड रुपैयाँ बराबरका विदेशी मुद्रासहित दुई जना पाकिस्तानी पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौं ओर्लिएका ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानी डनमार्कको मुद्रा (५ लाख डेनिस क्रोन) सहित पक्राउ परेका हुन् । यो रकम ९५ लाख रुपैयाँभन्दा बढी हो । उनले त्यति ठूलो रकम किन लिएर आए भन्ने खुलेको छैन ।

विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा विदेशी मुद्रा बरामद भएपछि उनलाई पक्राउ परेर प्रहरी वृत्त गौशालामा राखिएको छ । पक्राउ परेका दुवै जनालाई आज सम्पत्ति सुद्धीकरण विभागको जिम्मा लगाउने तयारी छ ।