• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

मलाई हटाएर देखाउनुस्, दुई तिहाइ लिएर आइन्छ : ओली



झाँपा । प्रधानमन्त्री केपी शर्मा ओलीले तिन करोड जनताबाट दुई तिहाइ लिएर आउने बताएका छन् । आईतबार गृहजिल्ला झाँपा पुगेका प्रधानमन्त्री ओलीले आफुँ जनताबाट फर्किएर आएकाले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका हुन्।

‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ उनले भने, ‘अविश्वास प्रस्ताव राख्नुस्। पास गर्नुस्। पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएको हो, म जनताबाट फर्केर आएको हो। अहिले पनि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएर आइन्छ।’

उनले लोकतन्त्रलाई तलमाथि हुन नदिने दाबी गरेका छन्।  ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको समेत उल्लेख गरेका हुन् ।