११ माघ २०८१, शुक्रबार
,
Latest
केसीए यु-१४ क्रिकेट : नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमको विजयी सुरुआत टिप टप इन्डो नेपाल टी-२० एकेडेमी क्रिकेट आइतबारदेखि दुई लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल ‘एक्टर: टेक वन’ ट्रेलरको कीर्तिमान: ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा सरकारले नागरिकलाई सन्तुष्ट पारेको छ : महेश बर्तौला ठगी गरेको अभियोगमा पक्राउ टिका थापाको ‘डिम्पल पर्ने गाला’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवासको जग्गा हिनामिना प्रकरणको फैसला आज



अ+ अ-

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने भएको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला हिजै सुनाउने तयारी भए पनि तयार हुन केही समय लाग्ने भएकाले आज सुनाउने तयारी भएको हो ।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा यो मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मंगलबार सकिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीसहित ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई २०७६ माघ २२ गते विशेष अदालतमा अभियोग दायर गरेको थियो । यही जग्गा प्रकरणमा किर्ते मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि विचाराधीन छ ।

२९९ रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याएकोमा करिब १४ रोपनी जफत भएको र बाँकी करिब २८५ रोपनी मुआब्जा तिरेर अधिग्रहण गरिएको थियो ।