• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

कर्णालीको खेल पोशाक दर्ताका लागि राखेपलाई हस्तान्तरण



काठमाडौं। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्ना प्रदेशका खेलाडीले दसौं राष्ट्रिय खेलकुदलगायत विभिन्न प्रतियोगितामा प्रयोग गर्न तयार गरेको खेल पोशाक दर्ताका प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद्लाई बुधबार हस्तान्तरण गरेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्यालले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरे ।
सो अवसरमा सदस्य–सचिव घिसिङले खेलकुदमा खेल पोशाकको ठूलो महत्व हुने बताउदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीको पहिचान झल्कने पोशाक तयार गरेर कर्णालीको पहिचान र उचाईलाई अझ माथि पु-याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सदस्य–सचिव सन्ज्यालले खेलाडीले मार्च पास्टमा प्रयोग गर्ने पोशाक बनाउने कार्यको तयारी भइरहेको बताए ।