• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

काँग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा



काठमाडौँ । नेपाली काँग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीको प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।

काँग्रेसले महासमितिको बैठकको लागि तयार पारिने स्वागत गेटमा पार्टीका संस्थापक नेता बिपी कोईराला र सभापति शेरबहादुर देउवाको तस्बिर राख्ने पनि जनाएको छ । महासमिति बैठकको नारा ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली काँग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने रहेको बताउनु भयो ।

उहाँले महासमितिको लागि उपत्यकाको सडकमा दायाँ र बायाँ, रिङरोड, सातदोबाटोदेखि कार्यक्रम स्थलसम्म झण्डा राखिने बताउनु भयो । उहाँले स्वागत गेट काठमाडौंका नागढुंगा, कलंकी, गोंगबु, महाराजगञ्ज, चाबहिल, कोटेश्वर, बल्खु, चोभार, ललितपरुरको बालकुमारी, सातदोबाटो, लुभु, गोदावरी, चापागाउँ, कुपण्डोल, भक्तपुरको साँगा, सूर्यविनायक, कमलविनायक, कौशलटार, जडिबुटी, काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी, धुलिखेल, बनेपा, धादिङको गजुरी र नौबिसे, नुवाकोटको ककनी र जरसिङपौवामा रहने बताउनु भयो ।

सहभागीहरुलाई तस्बिर खिच्नका लागि आकर्षक स्थानमा सेल्फी पोइन्ट बनाउने पनि प्रचारप्रसार उपसमितिको तयारी छ । उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तादान कार्यक्रम गर्ने, कार्यक्रम अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर रहने, नेपाली काँग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने तयारी रहेको छ ।