२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले फागुन ९ गते प्रधानमन्त्रीलाई मागपत्र बुझाउने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ । राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाउन लागेको हो ।

यस्तै, सोही दिन राप्रपाले देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम समेत तय भएको सो पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपा आन्दोलन परिचालन समितिको बैठकले फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाउने निर्णय गरेको छ ।

राप्रपा आन्दोलन परिचालन समितिको संयोजकमा उपाध्यक्ष डा.धवल शमशेर राणा रहनुभएको छ ।