२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

सिराहा जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्‍चालन हुँदै

सिराहा जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्‍चालन हुँदै
अ अ+ अ-

काठमाडौं । श्री जनता वनवालि उच्च मा.वि. बर्छवामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन भएको छ । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री शेर गण र श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्म तथा नरहा गाँउपालिकाको सहकार्यमा मिति २०७७।११।१५ गते सिराहा जिल्ला नरहा गाँउपालिकाका देवीपुर र बर्छवाका ५ वटै वडाका स्थानीय बासिन्दाहरुलाई लक्षित गरी शिविर सञ्‍चालन गरिएको हो ।

उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा श्री जिल्ला अस्पताल सिराहा, श्री जानकी मेडिकल कलेज धनुषा, श्री सगरमाथा आँखा अस्पताल र श्री नं.२७ फिल्ड एम्बुलेन्स गुल्म सहित जम्मा १६ जना स्वास्थ्यकर्मीहरुले सेवा उपलब्ध गराउनु भएको थियो । बिरामीहरुलाई  नि:शुल्क औषधी वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको सो स्वास्थ्य शिविरबाट महिला- ५८२ र पुरुष- ३७९ जना गरि जम्मा ९६१ जना सर्वसाधारणहरु लाभान्वित भएका छन् । 

कार्यक्रममा स्वास्थ्य शिविरका साथै नेपाली सेना सम्बन्धी Join the Nepali Army, MIne Risk Education र विपद व्यबस्थापन सम्बन्धी जनचेतनामूलक प्रस्तुतिकरण समेत गरिएको थियो । सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले सकारात्मक भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।