२६ श्रावण २०८३, मंगलवार
,
Latest
पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतविरुद्ध टस हारेर नेपालले पहिला फिल्डिङ गर्ने



2024 ACC Women’s Premier Cup. 14th February 2024, UKM Oval Quarter Final Match between Nepal and Kuwait.
अ+ अ-

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तरगत क्वार्टरफाइनल खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

टस जितेर कुवेतले पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

नेपाल समुहचरण चरणको तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समुहचरण खेलमा हङ्कङलाई आठ, भुटानलाई पनि आठ विकेट र माल्दिभ्समाथि दुई सय १४ रनले हराएको थियो ।

पहिलो क्वाटरफाइनलमा हङकङ र थाइल्यान्ड खेलेका छन् । त्यस्तै दोस्रो क्वाटरफाइनलमा इन्डोनेसिया र यूएई खेलेका छन् । तेस्रो क्वाटरफाइनलमा मलेसिया र जापान भिड्नेछन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।