• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कुवेतविरुद्ध टस हारेर नेपालले पहिला फिल्डिङ गर्ने



2024 ACC Women’s Premier Cup. 14th February 2024, UKM Oval Quarter Final Match between Nepal and Kuwait.

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तरगत क्वार्टरफाइनल खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

टस जितेर कुवेतले पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

नेपाल समुहचरण चरणको तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समुहचरण खेलमा हङ्कङलाई आठ, भुटानलाई पनि आठ विकेट र माल्दिभ्समाथि दुई सय १४ रनले हराएको थियो ।

पहिलो क्वाटरफाइनलमा हङकङ र थाइल्यान्ड खेलेका छन् । त्यस्तै दोस्रो क्वाटरफाइनलमा इन्डोनेसिया र यूएई खेलेका छन् । तेस्रो क्वाटरफाइनलमा मलेसिया र जापान भिड्नेछन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।