२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा

व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा
अ अ+ अ-

चितवन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा आइतबार यहाँ आयोजित ‘नेपाल व्यापार सूचना पोर्टल’सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनलाइनमार्फत व्यवसाय प्रवद्र्धन गर्नका लागि सरकारले प्रक्रिया शुरु गरेको जानकारी दिइएको हो ।
 
स्वदेशमा उत्पादित सामग्रीलाई विदेशमा निर्यात गर्न सहज होस् भन्ने उद्देश्यका साथ सरकारले पोर्टल सञ्चालन गर्न लागेको केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोगलले जानकारी दिनुभयो । स्वदेशी उत्पादनका सामग्रीको जानकारी रहने सो पोर्टलमा वार्षिकरुपमा हँुदै आएको व्यापार घाटालगायतका विषयमा जानकारी लिन सकिने छ । उहाँले भन्नुभयो, “यो पोर्टलमार्फत व्यवसाय प्रवद्र्धन गर्न चाहनेका लागि आफ्नो उद्योगबाट उत्पादित १० वस्तुलाई निःशुल्क राख्न सकिने छ ।”
 
यसमा निर्यातका लागि आवश्यक जानकारीसहित उद्योग दर्ता र लगानीका विषयमा समेत जानकारी दिइने छ । पहिलोपटक चितवनबाट यसको जानकारी दिन थालिएको जनाउँदै उहाँले भन्नुभयो, “नेपाली उत्पादनका लागि विदेशी बजारको अवस्थाका बारेमा समेत यहाँ जानकारी दिइने छ ।” आयात र निर्यातका विषयमा यस पोर्टलबाट जानकारी दिइने भएकाले यसले नेपालका उद्योगलाई बजारको व्यवस्थापनका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो ।
 
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले उत्पादित सामग्री विदेशी बजारमा निर्यात गर्न नसक्दा व्यापार घाटा बढेकाले सरकारले यो अनलाइन सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । निर्यातलाई प्रवद्र्धन गर्दै आयातलाई प्रतिस्थापन गर्नका लागि यो पोर्टल प्रभावकारी हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विदेशीले नेपालको उत्पादनलाई कस्तो सुविधा दिएका छन् भन्ने विषयमा जानकारी दिनु यसको महत्वपूर्ण काम रहने छ ।” उद्योग र उद्यमीलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।
 
उद्योग सङ्घका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसङ्घ प्रदेश नम्बर २ का अध्यक्ष नरेश दास, चेम्बर अफ कर्मश चितवनका उपाध्यक्ष गोपाल भट्टराई, उद्योग वाणिज्य सङ्घ रत्ननगरका वरिष्ठ उपाध्यक्ष शङ्कर गिरी, उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेललगायतले यस अनलाइनले आयातलाई प्रतिस्थापन गर्दै नेपाली उत्पादनको बजार प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आगलागीले घर जलेर नष्ट

जिल्लाको माडीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । माडी नगरपालिका–७ देवेन्द्रपुरको शिवालय मन्दिर नजिकका ४८ वर्षीय टोकप्रसाद गौडेलको घर आगलागीका कारण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
अचानक लाइटर पड्केर भएको आगलागीबाट उहाँको ढुङ्गामाटोले बनेको दुइतले कच्ची घर जलेर नष्ट भएको हो । आगलागीबाट रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी बताउनुभयो । स्थानीय, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।