२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको अस्थिधातु स्थल लिजमा दिने सम्झौता खारेज



अ+ अ-

काठमाडौँ । गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्रको जग्गा द निजी कम्पनीलाई दिने गरी लुम्बिनी विकास कोषले गरेको सम्झौता खारेज भएको छ । १२० बिघा जमिन ९९ वर्षका लागि लिजमा दिने निर्णय कोषले गरेको थियो ।

चौतर्फी विरोध, आलोचना र संसद्को सार्वजनिक लेखा समितिले दिएको निर्देशनपछि ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका रूपमा रहेको अस्थिधातु स्थल उत्खनन, स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनमा ९९ वर्षका लागि ‘द प्रमिस्ड ल्यान्ड’ लाई लिजमा दिन कोषले गरेको सम्झौता खारेज भएको हो ।

यो सम्झौता कानुनविपरीत रहेको भन्दै लेखा समितिले नै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । संस्कृति मन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको कोषको बैठकले सम्झौता खारेज गरेको हो ।