२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

एकै पटक २५ जिल्लाका प्रहरी प्रमुखसहित ७८ एसपी हेरफेर

एकै पटक २५ जिल्लाका प्रहरी प्रमुखसहित ७८ एसपी हेरफेर
अ अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक २५ जिल्लामा नेपाल प्रहरीका प्रमुख हेरफेर गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार बेलुका ७८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेका हुन् । जसमध्ये २५ जिल्लाका इन्चार्ज फेरिएका हुन् ।

तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कंडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ । यस्तै कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधी ज्ञवाली, पाल्पा नरेन्द्र चन्द, कैलाली पदमबहादुर बिष्ट, बर्दिया प्रविण धिताल, गोरखा बासुदेव पाठक, काभ्रेपलान्चोकमा बसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा धएका छन् ।

यसैगरी धनकुटामा बिमल बस्नेत, डोटी बिष्णुहरी कोइराला, चितवन भावेष रिमाल, धनुषा मित्रबन्धु शर्मा, झापा मिलन केसी, रुपन्देही रञ्जित सिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ । स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरी श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन् ।

जिल्ला इन्चार्जको जिम्मेवारी पाएको एक वर्ष पूरा भएका एसपीलाई सरुवा गरिएको हो । यसअघि जिल्ला इन्चार्ज रहेकाहरुलाई अन्य कार्यालयमा खटाइएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/02/4566sp.pdf”]