काठमाडौं । सोमबारको बजारमा सुनको मूल्य रु ४०० ले बढेको छ । अघिल्लो दिन आइतबार रु ५०० ले घटेको सुनको मूल्य आज तोलामा रु ४०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ७०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । आइतबार छापावाला सुन तोलामा रु ८८ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार २५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।आइतबार तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार भएको थियो ।
यस्तै चाँदी आज तोलामा रु ५ रुपैयाँले बढेको छ । आइतबार तोलामा रु एक हजार ३२५ मा कारोवार भएको चाँदी आज भने रु एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।








