४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

इरानद्वारा जहाजमा आधारित लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण

इरानद्वारा जहाजमा आधारित लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण
अ+ अ-

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) ले पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ ।

नौसैनिक युद्धाभ्यासका क्रममा शाहिद महदवीबाट प्रक्षेपणमा एक हजार सात सय किलोमिटर टाढासम्मको लक्ष्यमा आक्रमण गर्न सक्षम दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो । “आइआरजिसीले पहिलो पटक ओमानको खाडीमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ”, सरकारी टेलिभिजनले भनेको छ ।

आइआरजिसी प्रमुख होसेन सलामीले भन्नुभयो, “युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइलको प्रक्षेपण सफलतापूर्वक गरिएको छ ।”

अलगरूपमा सरकारी टेलिभिजनको रिपोर्टअनुसार मध्य इरानमा आइआरजिसीले तेलअविवको दक्षिणमा इजराइलको पाल्माचिम एयरबेसमा सतहदेखि सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल आक्रमणको अनुकरण गरेको छ । रिपोर्टमा पाल्माचिम इजराइलमा ‘एफ–३५ लडाकू विमानको मुख्य आधार’ रहेको बताइएको छ ।

अक्टोबर ७ मा इजराइल–हमास युद्ध बढेपछि इरानी सैन्य अभ्यास बढ्दो क्षेत्रीय तनावको समयमा भइरहेको छ । इस्लामिक गणतन्त्र इरानले इजराइललाई मान्यता दिँदैन र लामो समयदेखि इजराइलविरुद्ध हत्या र तोडफोडको छायाँ युद्ध लडिरहेको छ ।

तेहरानले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ । पश्चिमी सरकारहरूले इरानको मिसाइल कार्यक्रमलाई लिएर बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन् । रासस