२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 1.54

Humidity: 36

Latest
सलमान खानलाई ‘घरमै घुसेर मार्छु’ भनी धम्की दिने व्यक्ति पक्राउ पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार: ट्रम्पका दूत सुनचाँदीको मूल्य घट्यो पञ्जाब किंग्सलाई ठूलो झट्का, स्टार खेलाडी आइपीएल २०२५ बाट बाहिरिए ब्याटिङमैत्री पिचमा आज पञ्जाब र कोलकाता भिड्दै, धेरै रन बन्ला ? विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री थापा सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुग्यो (नामसहित)



अ+ अ-

पाल्पा : पाल्पामा यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिपमा सवार १७ जना घाइते छन् ।

तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा तिनाउ–६ मस्यामकी ६० वर्षीया यमकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती चुना रणपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको हो । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

चालक तानसेन नगरपालिका–१० का दानबहादुर चिदीले घुम्तीमा गाडीमा बेग्लै आवाज आएर पछाडि हटेपछि भीरबाट तल खसेको बताएका छन् ।