• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

तनहुँमा नेकपा एसलाई झट्का, पोलिटब्यूरो र केन्द्रीय समितिका दुई नेता एमालेमा फर्किए



तनहुँ । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश सचिव प्रतापलाल (पिएल) श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ नेकपा (एमाले)मा फर्किएका छन् ।

पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका तनहुँका नेताद्वय श्रेष्ठलाई मंगलबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा अ‍ोलीसहितका नेताहरुले स्वागत गरे ।

दुवै नेता नेकपा एसमा प्रभावशाली मानिन्छन् । यसअघि नै नेकपा एसको तनहुँ जिल्ला कमिटी एमालेमा समाहित भइसकेको अवस्थामा नेताद्वय समेत एमालेमा फर्किएसँगै नेकपा एस तनहुँमा झट्का लागेको छ ।