९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा



अ+ अ-

काठमाडौंं । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको छ । 

काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाएको हो । डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ । 

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको ब्यवस्था गर्दै आएको छ ।