• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

अस्ट्रेलिया उडेका गायक नितेशजंगलाई किन हङकङबाटै काठमाडौँ फर्किनुपर्यो ?



काठमाडौँ । एक सांगीतिक टूरका लागि अस्ट्रेलिया उडेका गायक नितेशजंग कुँवर हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाटै काठमाडौँ फर्किएका छन् ।

‘द रिबर्थ’ टुरका लागि अस्ट्रेलिया उडेका उनी हङकङ ट्रान्जिटमा पासपोर्ट हराएपछि काठमाडौँ फिर्ता भएका हुन् ।

६६ घण्टा ट्रान्जिटमै बिताउनुपरेका उनले पासपोर्ट खोजीका लागि हङकङ विमानस्थल र नेपाली कन्सुलेटको मद्दत मागेका थिए । तर, नभेटेपछि उनी काठमाडौँ फर्कनु परेको छ । कुँवर हङकङबाट नेपाल फर्किएको उनकी प्रेमिका तथा गायिका समृद्धि राईले जनाएकी छिन् ।

फेसबुकमा एक स्टाटस राख्दै जानकारी दिएकी राईका अनुसार कुँवर, आमा र उनी अस्ट्रेलियातर्फ उडेका थिए । कुँवर नेपाल फर्किए पनि आमा र समृद्धि चाहिँ अस्ट्रेलिया उडेका छन् ।

कुँवर नेपाल फर्किएपछि उनको ‘रिबर्थ’ अस्ट्रेलिया टूर भने प्रभावित बनेको छ । मेलबर्नको कन्सर्ट पोस्टपोन्ड भए पनि अन्य सहरको कार्यक्रम भने निर्धारित समयमा हुने राईले जनाएकी छन् । हराएको पासपोर्ट पुनः बनाएर फर्किन कुँवर काठमाडौँ आएका हुन् ।